पाकिस्तानमा आकाशियो खुर्सानीको भाउ, ३९ रुपैयाँको गोलभेडा ३२० पुग्यो

Mar 17, 2019 Merolagani

पाकिस्तानमा त्यहाँका मानिसहरुमाथि खुर्सानी बम फुटिरहेको छ । खुर्सानीको मूल्य प्रतिकिलो ६४० रुपैयाँभन्दा बढी नाघेको छ । त्यस्तै गोलभेडाको मूल्य झन् धेरै आकाशिएको छ । उता सरकारले पनि व्यापारिहरुमाथि ती तरकारी नबेचेको भन्दै जरिवाना लगाइरहेको छ ।

१४ फेब्रुअरीमा पुलवामा भएको आक्रमणपछि भारतले सबै प्रकारका तरकारीको निर्यातमा २०० प्रतिशत शुल्क लगाएको छ । यस्तोमा पाकिस्तानका लागि भान्साको बजेट खर्च नै बिथोलिएको छ ।

भारतद्धारा तरकारीको आपूर्ति बन्द गरिएपछि गत वर्ष ३९ रुपैयाँमा बिकेको गोलभेडा हाल ३२० रुपैयाँ प्रतिकेजी पुगेको बताइएको छ । उक्त मूल्यमा गोलभेडा किन्नका लागि खरिदकर्ताहरुको संख्या एकदमै कम भएका कारण त्यहाँका स्थानीय बजारमा विस्तारै–विस्तारै गोलभेडा हराउने स्थितिमा रहेको बताइएको छ ।

गोलभेडाजस्तै हरियो खुर्सानी पनि पाकिस्तानका लागि ज्यादै नै पीरो साबित हुदैँ गएको छ । सन् २०१८ मा खुर्सानीको मूल्य १०० रुपैयाँभन्दा पनि कम रहेकोमा एक महिनाको अवधिमा नै हरियो खुसानीको मूल्य ६४० रुपैयाँभन्दा बढी पुगेको छ । खबरका अनुसार, तरकारी पसरलमा खुर्सानी पूर्ण रुपमा गायब नै हुने स्थिति आइसकेको बताइएको छ ।

उता इमरान सरकारले तरकारी बेच्ने व्यापारीहरुलाई ती तरकारी नबेचेको भन्दै जरिवाना लगाइरहेको छ । सरकारले खुर्सानी र गोलभेडाका लागि एक निश्चित दर समेत तोकिदिएको छ ।

सरकारले तोकेकोभन्दा बढी मूल्यमा फलफूल तथा तरकारी बेचेमा जरिवाना लगाउने गर्दछ । पाकिस्तानमा गोलभेडा र हरियो खुर्सानी भारतका अलावा सिन्ध र बलूचिस्तान प्रान्तबाट आपूर्ति हुने गर्दछ । यद्यपी ती दुई प्रान्तमा तीव्र बर्षाका कारण खाद्यान्नमा ठूलो असर परेको छ । एजेन्सी

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।