मेक्सिको सीमा पर्खाल विवादः ट्रम्पले प्रयोग गरे विशेषाधिकार

Mar 17, 2019 Merolagani

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण मेक्सिको सीमामा पर्खाल लगाउने विषयमा विशेषाधिकार अर्थात् भिटो प्रयोग गरेका छन् । ट्रम्पले मेक्सिकोको सीमामा पर्खाल लगाउनका लागि मागेको बजेट प्राप्त नभएपछि अमेरिकामा संकटकालको घोषणा गरेका थिए ।

त्यहाँको माथिल्लो सदन सिनेटले संकटकाल खारेज गर्ने प्रस्तावको पक्षमा मतदान गरेपछि सो निर्णयको विरुद्ध उनले आफ्नो कार्यकालको पहिलोपटक भिटो प्रयोग गरेका हुन् । विपक्षी दल डेमोक्रेटका सांसदहरुले भने राष्ट्रपतिले प्रयोग गरेको भिटो असंवैधानिक रहेको बताएका छन् । 

अमेरिकी संसद् कांग्रेसद्धारा सिनेटमा प्रस्ताव पारित गरिएको एक दिनपछि नै ट्रम्पले त्यसका विरुद्ध भिटोमा हस्ताक्षर गर्दै भने, ‘हामीले तत्काल पर्खाल निर्माण गर्नेछौँ ।’

बिहीवार संकटकाल रद्द गर्ने प्रस्तावमा सिनेटमा मतदान भएको थियो । सो मतदानमा ट्रम्पको रिपब्लिकन पार्टीका १२ सांसद् समेत सबै डेमोक्रेटहरुले संकटकाल हटाउने प्रस्तावको पक्षमा मत दिएका थिए । ट्रम्पको विशेषाधिकार खारेज गर्न कांग्रेसको दुबै सदनमा दुई तिहाई बहुमतको खाँचो पर्नेछ । तर उक्त बहुमत जुट्न गाह्रै हुने अनुमान गरिएको छ ।
‘राष्ट्रपतिको हैसियतले देशको सुरक्षा मेरो सबैभन्दा ठूलो दायित्व हो,’ शुक्रवार ट्रम्पले भनेका थिए

यसअघि पनि ट्रम्पले बारम्बार संकटकाल रद्द गर्ने प्रस्ताव पारित भएमा सोको विरुद्ध विशेषाधिकार प्रयोग गर्ने चेतावनी दिदैँ आएका थिए ।

सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पले बढ्दो आप्रवासी नियन्त्रण र लागूऔषधको तस्करी रोक्नका लागि मेक्सिको सीमामा पर्खाल निर्माण गरी छाड्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर जति प्रयास गर्दा पनि उनले पर्खाल बनाउन आवश्यक बजेट संसदबाट पारित गराउन सकेका छैनन् । एजेन्सी

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।