जुन गत विहिबारको तुलनामा एघार करोड कम हो । सो दिन नेशनल लाइफ इन्स्योरेन्सको २१ करोड बराबरको संस्थापक शेयर खरिदबिक्री हुदाँ कारोबार उच्च देखिएको हो । गत बिहिबार ४८ करोड ५८ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।
आइतबार कारोबारमा आएका १० उपसूचक मध्ये सात वटा बढेका छन् भने तीन समूहको घटेका छन् । यसदिन जीवन बीमा समूहको सूचक सबै भन्दा धेरै ४५.८५ अंकले बढेको छ ।
]उत्पादन तथा प्रशोधन ३५.४१, जलविद्युत ९.१, बैंकिङ्ग ७.६१, वित्त ६.९२, र्निजीवन बीमा २.४४ र लघुवित्त समूहको सूचक एक अंकले बढेको छ । होटल समूहको सूचक सबै भन्दा धेरै २०.३६ अंकले घटेको छ भने विकास बैंक ४.६५ र अन्य समूहको सूचक ०.७१ अंकले घटेको छ ।
आइतबार शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको संस्थापक शेयर सबैभन्दा धेरै खरिद बिक्री भएको छ । बैंकको तीन लाख ४३ हजार ८८ कित्ता शेयर चार करोड ४६ लाख रुपैयाँमा किनबेच भयो ।
आशा लघुवित्त र युनाइटेड फाइनान्सको शेयर मूल्य ९.५० प्रतिशत भन्दा धेरैले बढेको छ भने तीनाउ डेभलपमेन्ट बैंकको शेयर मूल्य सबैभन्दा धेरै ६.७४ प्रतिशतले घटेको छ ।