माउन्टेन हाईड्रोको आईपिओ नतिजा मेरोलगानीमा, यसरी हेर्नुहोस्

Mar 17, 2019 Merolagani

माउन्टेन हाईड्रो नेपाल लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपिओ) नतिजा मेरोलगानीमा प्रकाशित भएको छ। आईपिओमा आवेदक गरेर सदर भएका २३ हजार ९६५ आवेदकले ४० कित्ता शेयर प्राप्त गरेका छन् भने २६ हजार ९७३ आवेदकले ३० कित्ता शेयर पाएका छन्।

नतिजा हेर्नको लागि मेरोलगानीको गृहपृष्ठमा रहेको आईपिओ (IPO) शिर्षकभित्र रहेको आईपिओ रिजल्ट (IPO RESULT) मा जानुहोस् ।

त्यसपछि  आईपिओ नतिजा हेर्नुपर्ने सम्बन्धित कम्पनी माउन्टेन हाईड्रो नेपाल छनौट गरि हितग्राही खाता नम्बर (बिओआईडि BOID) सेक्सनमा आफ्नो १६ अंकको डिम्याट नम्बर राखेर खोजी (SEARCH Botton) मा गएर आफुलाई आईपिओ पर्यो कि परेन हेर्न सक्नुहुन्छ

 

 

  

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार आईपिओमा आवेदन गरेर सदर भएका सबै ५० हजार ९३८ जना आवेदकलाई ३० कित्ताका दरले १५ लाख २८ हजार १४० कित्ता शेयर बाँडफाँड गरिएको हो। 

यसरी बाँडफाँड गरेर बाँकी रहेको दुई लाख ३९ हजार ६५० कित्ता शेयर गोलाप्रथाबाट ५० देखि ९ हजार ७५० कित्तासम्म आवेदन गरेका ५० हजार ९३८ आवेदकमध्ये भाग्यमानी २३ हजार ९६५ आवेदकले ४० कित्ताका दरले प्राप्त गरेका हुन् । २६ हजार ९७३ आवेदकले भने ३० कित्ता प्राप्त गरे ।

यसरी हेर्दा कूल आवेदकको ४७.०५ प्रतिशत आवेदकले ४० कित्ता र ५२.९५ प्रतिशत आवेदकले ३० कित्ता प्राप्त गरे।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।