ब्रेक्जिट प्रक्रियालाई धेरै नलम्ब्याइने: बेलायती प्रधानमन्त्री मे

Mar 18, 2019 Agency

बेलायतकी प्रधानमन्त्री टरिजा मेको सरकारले ब्रेक्जिट (यूरोपली संघबाट हुने बेलायतको बहिर्गमन प्रक्रिया) लाई केही लम्ब्याउने बिषयमा निर्णय लिन आगामी हप्ता गरिने भनिएको संसको मतदानलाई तत्काल नगर्ने उल्लेख गरेको छ।

ब्रेक्जिट प्रक्रियालाई धेरै पछि नपु¥याउन सरकारले संसदमा बहुमत पाउने प्रत्याभूत नहुँदासम्म मतदान नगर्ने प्रधानमन्त्री मेले बताएकी छिन् ।

यस पहिले ब्रेक्जिटबारे प्रधानमन्त्रीले इयू नेताहरूसँग गरेको सम्झौतालाई अनुमोदन गराउन बेलायती संसदमा भएका दुई फरक फरक प्रस्तावलाई बहुमतले अस्वीकार गरेको थियो ।

बेलायती प्रधानमन्त्री थेरेसा मेले गत मंगलवार संसद्मा प्रस्तुत गरेको ब्रेक्जिट सम्झौता अस्वीकृत गरेको थियो । ब्रेक्जिटका लागि अब केवल केही दिनमात्र बाँकी रहेको छ । यसअघि जनवरीमा पनि संसद्ले सो सम्झौता अस्वीकृत गरेको थियो ।

गत मंगलवार संसद्मा भएको मतदानमा ब्रेक्जिट सम्झौताको विपक्षमा ३९१ मत र पक्षमा २४२ मत परेको थियो । विशेषगरी, ईयूको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायतको प्रान्तको रूपमा रहेको उत्तरी आयरल्यान्डबीचको सीमा खुला राख्ने, बन्द गर्ने वा आंशिक खुला गर्ने भन्नेमा बेलायत विभाजित छ । यो विवादका कारण सांसदहरु ब्रेक्जिट सम्झौताको विपक्षमा देखिएका हुन् ।

मंगलवार सम्झौता अस्वीकृत भएपछि मेले एक विज्ञप्ति जारी गर्दै आफू अझै पनि इयू नेतासँग भएको सम्झौता सहितको नियमित ब्रेक्जिटको पक्षमा रहेको बताउँदै आएकी छिन् । उनले उक्त सम्झौता उत्कृष्ट रहेको समेत उल्लेख गरेकी छिन् ।

बेलायतले बिना सम्झौता ब्रेक्जिट भए अधिकांश आयातमा कर छूट हुने बताएको छ । उसले अघि सारेको अस्थायी योजनामा समग्र आयातको ८० प्रतिशतमा कर छुट हुने उल्लेख छ ।

अहिलेको योजनाअनुसार ईयूबाट मात्रै हुने ८२ प्रतिशत आयातमा कुनै कर लाग्ने छैन । अहिले ईयूबाट आउने कुनै पनि सामग्रीमा कर लाग्दैन। त्यस्तै ईयूभन्दा बाहिरबाट आउने ९२ प्रतिशत सामग्रीमा कर छूट हुनेछ। अहिले ईयू बाहिरका ५६ प्रतिशत आयातमा मात्र कर छूटको व्यवस्था छ।

बेलायतका व्यापार नीति मन्त्री जर्ज होलिङबेरीले मुलुकको प्राथमिकता ईयूसँगको सम्झौता कायम राख्नु र विश्व व्यापारिक सम्बन्धमा कुनै आँच आउन नदिनु रहेको बताएका छन् । तर, कुनै पनि अवस्थाको लागि तयार हुनुपर्ने उनको भनाइ थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।