पूँजी बजारमा नागरिक लगानी कोषको भुमिका बढाइने, स्टक डिलरको काम प्रकृयामा

Mar 18, 2019 Merolagani

नागरिक लगानी कोष (CIT) ले पूँजी बजारको दिगो विकास र विस्तारका लागि आफ्नो भुमिकालाई थप प्रभावकारी बनाउने घोषणा गरेको छ। कोषको २९ औं वार्षिकोत्सव तथा भवन शिलान्यासको क्रममा सो जानकारी गराईएको हो।

कोषको कार्यकारी निर्देशक रमण नेपालले पूँजी बजारको विकासका लागि स्टक डिलरको काम गर्ने प्रक्रियामा कोष रहेको जानकारी दिए।

'कोषले सुरुको अवस्था देखिनै पूँजी बजारको विस्तारका लागि काम गर्दै आएको छ। पूँजी बजारको विकास र विश्वसनियता ल्याउन स्टक डिलर काम गर्ने प्रकृया सुरु भईसेको छ। उक्त कार्यको लागि कोषले शेयर बजारमा कारोबार सुरु गरिरहेको छ।' उनले भने।

कोषले पूँजी बजार सुधारको लागि उल्लेख्य रुपमा काम गरेको बताउँदै उनले पूँजी बजारलाई अझ गतिशिल र स्थायित्व दिन कोषको भुमिका विसतार गर्नुपर्ने आवश्यकता औंल्याए। साथै उनले कोषले दोस्रो बजारमा आफ्नो लगानी बढाउँदै जाने घोषणा समेत गरे।

हाल वित्तीय बजारमा लगानीयोग्य रकमको आपूर्ति र ब्याजदर सन्तुलनमा राख्न कोषको महत्वपूर्ण भुमिका रहेको उल्लेख गर्दे नेपालले कोषलाई थप प्रभावकारी बनाउन वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुको बचतको औजारको रुपमा काम गरिने घोषणा गरे।

 

त्यस्तै अनपौचारिक र असंगठित क्षेत्रमा रहेका मजदुरहरुलाई  समेत कोषमा आवद्ध गराइने बताए। साथै उनले समाजिक सुरक्षा तथा योगदानमा आधारित पेन्शन योजना संचालन गर्न कोष तयार रहेको उल्लेख गरे। कोषको कारोबार प्रणालीलाई आधुनिकरण गर्दै लैजान लागेको पनि कार्यकारी निर्देशक नेपालले जानकारी दिए।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।