अर्थमन्त्री खतिवडाले भने, 'पूँजी बजारमा नै तपाईहरुको लागि पर्याप्त लगानीको क्षेत्र छ । मुद्रा बजारमा धेरै नखेल्नोस् तपाईहरुको क्षेत्र मुद्रा बजार होइन् । तपाईहरु पूँजीबजारको सक्रिय खेलाडि हो । मुद्राबजारमा नेखल्नुस् । ब्याजदर तलमाथि पार्ने कोशिस नर्गनुस् ।'
यस्तै नियामक निकाय छैन भनेर भ्रममा नपर्न सचेत गराउदै उनले तपाईहरुको नियमनकारी निकाय छ । अहिले अर्थमन्त्रालयले नजिकबाट हेरिरहेको बताए । साथै उनले अहिले कोषको नियमन अर्थमन्त्रालयले गर्दे आएको भएपनि राष्ट्र बैंकलाई हेर्न दिने तयारी भईरहेको खुलासा समेत गरे ।
दिर्घकालिन पूँजीबजारमा कोषको भुमिका महत्वपूर्ण रहेको उल्लेख गर्दे अर्थमन्त्री खतिवडाले धितोपत्र बजारबाट पूँजी उठाउन चाहाने र ऋण लिन खोज्नेलाई सहजिकरण गर्नुपर्ने बताए । उनले कोषलाई विचलित र हात फैलाउनु पर्ने अवस्था नरहेको भन्दै दिएको काम गर्न र नदिएको काममा आँखा नलगाउन सुझाब समेत दिए ।