सम्पूर्ण सामाजिक सुरक्षाका कार्यक्रमलाई एउटै छातामुनि

Mar 18, 2019 Merolagani

अर्थमन्त्री डा. युवराज खतिवडाले सामाजिक सुरक्षा कार्यक्रमलाई एउटै छानामुनि राख्ने बताएका छन । नागरिक लगानी कोषको भवन शिलान्यास तथा २९ औँ वार्षिक कार्यक्रममा उनले सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेका सरकारका विभिन्न सङ्घसंस्थालाई एकीकृतरूपमा सञ्चालन गरिने बताए ।

‘‘सम्पूर्ण सामाजिक सुरक्षाका कार्यक्रमलाई एउटै छातामुनि ल्याएर विश्वमा अन्य मुलुकमा भएजस्तै समाजिक सुरक्षासँग सम्बन्धित परिचयपत्रदेखि समाजिक सुरक्षा भत्ता बाँड्नेसम्मको सबै कामलाई एकीकृतरूपमा सञ्चालन गरिने छ’’ उनले भने, ‘‘समाजिक सुरक्षामा काम गर्ने संस्थालाई पाँच वर्षभित्र संस्थागत पुनःसंरचना गरेर एकीकृत गरिने छ ।’’

मन्त्री खतिवडाले सामाजिक सुरक्षा कार्यक्रममा नागरिक लगानी कोष अभिन्न अङ्ग भएकाले सरकारसँग सँगसँगै अगाडि बढ्नुपर्ने बताए । कोषलाई वित्तीय बजारमा बलियो आधार बनाउनुपर्ने उल्लेख गर्दै कोषलाई बढी स्वायत्त र स्पष्ट बनाउन नयाँ कानून बनाइरहेको जानकारी गराए ।

स्वपूँजी बजार र धितोपत्रबाट पूँजी उठाउन चाहनेलाई कोषले सहयोग गर्नुपर्ने उनको भनाइ रहेको थियो । पूँजी बजारमा सक्रिय भूमिका निर्वाह गर्ने संस्था कोष भएकोले मुद्राबजारमा धेरै नखेल्न आग्रहसमेत उनले गरे ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर चिन्तामणि सिवाकोटीले नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष जस्ता संस्थाको निरीक्षण सुपरिवेक्षण गर्ने तयारी भइरहेको जानकारी दिए ।

कोषका कार्यकारी निर्देशक रमण नेपालले असङ्गठित क्षेत्रका स्वतन्त्र मजदूर, किसान तथा स्वरोजगारमा रहेका उद्यमी तथा व्यवसायीलाई लगानी कोषका विविध कार्यक्रममा आबद्घ गराउन अध्ययन भइरहेको बताए । कोषले अहिले ११ कार्यक्रमबाट चार हजार ८०० बढी कार्यालयका छ लाख ३१ हजार ९१९ सेवाग्राहीलाई समेटेको छ ।

कोषले आर्थिक वर्ष २०७५/७६ को पुस मसान्तसम्ममा रु एक खर्ब १७ अर्ब १२ करोड बराबर खुद कोष परिचालन गरेको छ भने रु एक खर्ब १३ अर्ब ८४ करोड लगानी प्रवाह भएको छ । छ रोपनीमा आगामी चार वर्षभित्र ९ तले कोषको भवन करीब रु ६९ करोडमा बन्ने छ । कार्यक्रममा उत्कृष्ट कर्मचारी हरिचन्द्र श्रेष्ठ, राजु भुर्तेल र जानुका भट्टराईलाई पुरस्कृत गरिएको थियो ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।