नागरिक लगानी कोषको चुक्ता पूँजी ३ अर्ब पुग्ने, शेयर संरचना परिवर्तन

Mar 18, 2019 Merolagani

नागरिक लगानी कोषको चुक्ता पूँजी ३ अर्ब पुग्ने भएको छ । हाल एक अर्ब १० करोड रूपैयाँ चुक्ता पूँजी भएको नागरिक लगानी कोष राष्ट्रियसभाबाट बिधयक पारित भएपछि चुक्ता पूँजी ३ अर्ब पुग्ने भएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा पेश गरेको विधयकमा अधिृकत पूँजी ८ अर्ब, जारी तथा चुक्ता पूँजी ३ अर्ब पुर्याउने उल्लेख छ ।

४० प्रतिशत शेयर स्वामित्व रहेको राष्ट्र बैंक त्यस विद्येयक पारित भएपछि बाहिरिने भएको छ । काषेले आयोजना गरेकै कार्यक्रमा पनि अर्थमन्त्री र राष्ट्र बैंकका कामु गर्भनरले शेयर स्वामित्व निकाल्ने जनाएका थिए । 

कोषलाई सरकारले नियमन गर्न राष्ट्र बैंकलाई जिम्मा दिने भएपछि राष्ट्र बैंकले आफ्नो पूँजी निकाल्न लागेको भन्ने थियो । तर, अब नयाँ कानुन लागू भएपछि भने राष्ट्र बैक स्वत निस्किनेछ । 

राष्ट्र बैंकको ठाँउमा राष्ट्रिय बीमा संस्थानको पूँजी थपिएको छ । संस्थानको ३१.५ प्रतिशत शेयर हिस्सा हुने विधेयकमा उल्लेख छ । यस्तै सरकारले शेयर स्वामित्व पनि बढाएको छ । हाल कायम १० प्रतिशतलाई बढाएर २३.३४ प्रतिशत पुर्याइएको छ ।

नेप्सेको १० प्रतिशत, बैंक तथा वित्तीय संस्थाको १५ प्रतिशत र सर्वसाधारणको २० प्रतिशत शेयर हिस्सा कायम गरिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।