एलआईसीको लाभांश पारित, अर्को साधारण सभा पनि छिट्टै गर्ने

Mar 18, 2019 Merolagani

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) लिमिटेडको १६ औं वार्षिक साधारणले कम्पनीको मुनाफाबाट शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

सोमबार सम्पन्न साधारण सभाले आ.व. २०७३/०७४ को वासलात र आय व्यय विवरणलाई अनुमोदन समेत गरेको छ। कम्पनीका अध्यक्ष हेमन्त भार्गवले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७४/७५ को १७ औं वार्षिक साधारण सभा पनि यथासक्य चाँडो सम्पन्न गर्ने बताए।

भार्गवल चालु आ.व. २०७५/०७६ को पुस मसान्तसम्ममा कम्पनीले कूल बीमाशुल्क आर्जन ५८१.१३ करोड भैसकेको र कम्पनीको जीवन बीमा कोषमा ४,८६८.७० करोड जम्मा रहेको बताए।

आ.ब. २०७३/०७४ मा कम्पनीले एक लाख ७८ हजार ५११ नयाँ बीमालेखहरु बिक्री गरी प्रथम बीमाशुल्क आम्दानी बापत २ अर्ब ६३ करोड ३५ लाख संकलन गर्न सफल भएको छ । २०७४ आषाढ मसान्तसम्ममा यस कम्पनीमा कूल चालु बीमालेखको संख्या ७ लाख २० हजार ४५० र कूल जीवन बीमा कोषमा ३ हजार ३५५ करोड संकलन भएको कम्पनीले जनाएको छ।

 

कम्पनीले आर्थिक वर्ष २०७३/०७४ मा कम्पनीको कूल जीवन बीमा कोषमा २६.७१ प्रतिशत, प्रथम बीमाशूल्क आर्जनमा १६.२६ प्रतिशत, बीमालेख बिक्रीमा २१.६७ प्रतिशत, लगानीतर्फ ३०.४० प्रतिशत, लगानीबाट प्राप्त आम्दानीमा ४५.४३ प्रतिशतको बृद्धिदर रहेको जनाएको छ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।