भुक्तानी तथा फर्स्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणित भएपछि सो व्यवस्था लागू हुने भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघिय संसद्का दुबै सदनको बैठकबाट पारित भुक्तानी तथा फर्स्यौट सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक सोमबार प्रमाणीकरण गरेकी हुन् ।
भुक्तानी प्रणलीमा नगद, चेक, विद्युतीय बैकिङ्ग (ई बैकिङ्ग), भुक्तानी कार्ड, स्वीफ्टका माध्यमबाट हुने भुक्तानी, अन्तरबैंक भुक्तानी, इमनी वालेट, मोबाइल बैंकिङ्ग, लगायत भुक्तानी उपकरणहरू मार्फत हुने कारोबारलाई समेटिएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूले भुक्तानी आदेश वा प्रत्येक भुक्तानी कारोबारको फर्स्यौट गर्दा वास्तविक समय (रियल टाइम) मा छुट्टाछुट्टै तरिकले फर्स्यौट गर्नुपर्दछ । यस्तै नगद ट्रान्सफर र स्वीफ्ट कारोबारमा फस्र्यौंट बमोजिम बिद्युत्तीय चेक राफसाफ (क्लियरिङ्ग) माफर्त दैनिक कारोबार गर्नुपर्दछ ।
समग्र भुत्तानी, संशोधन तथा फस्र्यौंट प्रणलीको विकास, विस्तार तथा नियमन गर्न राष्ट्रिय भुक्तानी बोर्डको गठन गर्नेछ ।
भुक्तानी प्रकृया संचालन गर्ने वा भुक्तानी सेवा प्रदायकको कार्य गर्ने बैंकबाट अनिवार्य रुपमा अनुमति लिनुपर्ने व्यवस्था छ । भुक्तानी प्रकृया सञ्चालक, भुक्तानी सेवा प्रदायकको कार्य गर्न प्रचलित कानूनी बमोजिम कम्पनी स्थापना गर्नुपर्ने तर बैंक तथा वित्तीय संस्थाहरुले भुक्तानी सेवा प्रदायकको कार्य गर्न छुट्टै कम्पनी स्थापना भने गर्नु नपर्ने व्यवस्था छ ।
प्रणाली वा भुक्तानी सेवाप्रदायकको कारोबारको सञ्चालन गर्दा उपभोक्ताको हित संरक्षण हुनेगरी गुणस्तरीय सेवामा केन्द्रित हुनु पर्ने व्यवस्था छ ।