अनलाइन कारोबार प्रणालीमा के आयो समस्या ? शेयर कारोबार ठप्प

Mar 19, 2019 Merolagani

मंगलबार शेयर बजार खुलेको केही बेर पछि नै अनलाइन कारोबार प्रणालीमा देखिएको समस्याले शेयर कारोबार सुस्त बनेको छ। जसका कारण अनलाइन प्रणालीबाट शेयर कारोबार गर्दै आएका लगानीकर्ताहरु दर्शक बनेका छन् भने छिनछिनमा मात्र प्रणाली चल्दा केही कारोबारहरु भैरहेका छन् ।

अनलाइन कारोबार प्रणालीको सहयोगमा बजार सुधारको आशमा बसेका लगानीकर्ताहरुलाई पछिल्ला दिनमा अनलाइन कारोबार प्रणालीमा देखिएको समस्याले निराश बनाएको छ ।

पटक पटक देखिने समस्याको समयमै प्रणाली निर्माता वाइको प्रालिले समाधान गर्न नसक्दा समस्या बल्झिने क्रम बढेर गएको छ । यस सम्बन्धमा केही दिन पहिले राजश्व सचिवलाई भेटेर लगानीकर्ताले समस्याको कथन गरेका थिए ।

मंगलबार पनि अनलाइन कारोबार प्रणालीमा समस्या देखिए पछि शेयर कारोबार ठप्पप्राय अवस्थामा छ । बजार खुलेको २ घण्टाको अवधिमा जम्मा ५ करोड रुपैयाँको मात्र शेयर कारोबार भएको छ । अनलाइन प्रणाली लगइन गर्दा समस्याका बारेमा कुनै सूचना दखिँदैन । तर लगानीकर्ताले टीएमएस लगइन गर्न सकिरहेका छैनन् ।

सामान्य अवस्थामा टीएमएस लगइन भए पछि लगानीकर्ताको विण्डोमा हरीयो बत्ती बलेर कारोबारका जानकारीका साथै कारोबार प्रणाली चलाउने व्यवस्था हुन्छ। तर मंगलबार लगानीकर्ताले अनलाइन प्रणालीमा लगइन गर्न पाए पनि टीएमएस लगइन गर्न पाएका छैनन् । उनीहरुको विण्डेमा रातो बत्ती बलेको छ, तर किन रातो बत्ती बल्यो भनेर कुनै सन्देश देखाइएको छैन ।

उता शेयर दलालहरुकोमा पनि टीएमएस लगइन पूर्ण रुपमा बन्द छ । जसका कारण लगानीकर्ताहरु कारोबार गर्ने स्थानसम्म पुग्न पाइरहेका छैनन् । मेरोलगानीसँग कुरा गर्दै एक शेयर दलाल व्यवसायीले भने, अनलाइन प्रणाली टोटल्ली डाउन भएकाले टीएमएस लगइन गर्न सकिएको छैन । जसका कारण लगानीकर्ताले शेयर किनबेच गर्न सकिरहेका छैनन् । छिनछिनमा चलेजस्तो भएका बेला केही कारोबारहरु भने भैरहेका छन् ।

ठुलो आकारमा अनलाइन कारोबार प्रणालीबाट शेयर किनबेच गर्दै आएका केही लगानीकर्ताको बुझाइमा अनलाइन प्रणालीलाई समस्याग्रस्त बनाउन केही गिरोह सक्रिय रुपमा लागेको छ । जसका कारण आम लगानीकर्ताहरु शेयर किनबेच गर्नबाट बञ्चित भएका छन् ।

अर्का एक लगानीकर्ता नाम नखुलाउने शर्तमा भन्छन्, केही व्यक्तिले अनलाइनलाई असफल बनाउन खोज्दा निर्माण पक्षका कर्मीकमजोरीमा हिट गर्ने क्रम तिब्र भएको छ । देखाउनका लागि मात्र अनलाइन सुरु गराइएको भान बजारमा पर्दा लगानीकर्ताको अधिकार हनन् भएको छ । यस सम्बन्धमा तत्काल ठोस निर्णयमा पुग्न जरुरी छ । अन्यथा आगामी दिनमा यस्ता समस्या झनै बढेर जाने कुरामा दुईमत छैन ।

अनलाइन कारोबार प्रणालीको विकास गरेको योमरी कम्पनी अर्थात वाइको प्रालिका प्रमुख कार्यकारी अधिकृत दिपेश प्रधानको मोबाइल स्वीच अफ छ । उनको कार्यालयको नम्बरमा सम्पर्क गर्दा कोही पनि उपलब्ध नभएको जानकारी सहयोगीहरुले गराए । यसले अनलाइनको समस्या समाधानमा वाईको जिम्मेवारी कति छ वा छैन भन्ने प्रश्न उब्जाएको छ ।

उता नेपाल स्टक एक्सचेञ्जले पनि समस्याका बारेमा कुनै जानकारी दिएको छैन । नेप्सेमा यस सम्बन्धमा सम्पर्क गर्न खोज्दा कोहीसँग पनि सम्पर्क हुन सकिरहेको छैन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।