बैंकले भनेको छ, '१० प्रतिशत संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गर्ने प्रकृया अघि बढाइएको छ ।
साधारण शेयरमा रुपान्तरण नगरी संस्थापक शेयरका रुपमा नै राख्न चाहनेहरुले १५ दिन भित्रमा नबिल इन्भेष्टमेण्ट बैंकिगंको कार्यालयमा सम्पर्क गरी निवेदन दिनुहोला ।'
बैंकको शेयर रुपान्तरण गर्न नचाहनेहरुले दिनु पर्ने निवेदनको ढाँचा यहाँ उपलब्ध छ । उक्त ढाँचामा नबिल बैंकका संस्थापक शेयरधनीहरुले आफ्नो बिवरण भरेर बुझाएको खण्डमा शेयर संरचनामा परिवर्तन नगरिने बैंकले जनाएको छ ।
निवेदन नदिने संस्थापक शेयरधनीको हकमा भने स्वामित्वमा रहेको संस्थापक शेयरमध्ये १० प्रतिशत (८० लाख ३७ हजार २९ कित्ता) शेयर साधारणमा रुपान्तरण हुनेछ ।