शिवम् सिमेन्टको शेयर सूचीकरण, कतिमा खुल्छ कारोबार ?

Mar 19, 2019 Merolagani

शिवम सिमेन्ट (SCL) को चैत ५ गते मंगलबार ४ करोड ४० लाख कित्ता शेयर सूचीकृत भएको छ। कम्पनीले मंगलबार नेप्सेसँग काराेबारका लागि सूचीकरण सम्झौता गरेसँगै बिहीबारदेखि कारोबार हुनेछ। बुधबार फागु पूर्णिमाको सार्वजनिक विदा परेकाले चैत ७ गते बिहीबार मात्रै नेप्सेमा कारोबार खुल्ने भएकाे हाे। 

शिवम् सिमेन्टकाे शेयर सूचीकृत भएसँगै नेप्सेमा उत्पादन तथा प्रशोधन उपसूचकमा थप एक कम्पनी थपिएको छ। यसअघि यस उपसमुहमा १८ वटा कम्पनी सूचीकृत रहेका थिए।

कम्पनीको बुझाएकाे वित्तीय विवरण अनुसार नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम १६१ रुपैयाँ ६० पैसा देखि अधिकतम नेटवर्थको तीन गुणासम्म अर्थात ४८४ रुपैयाँ ८० पैसासम्म कारोबार रेञ्ज प्रदान गरेकाे छ ।

कम्पनीले फागुन ६ देखि १४ गतेसम्म शेयर निष्काशन गरि ४४ लाख ३४ हजार ६९५ कित्ता शेयर सर्वसाधारणमा र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ७ लाख ८५ हजार ३०५ कित्ता र सामूहिक लगानी कोषका लागि ६० हजार कित्ता शेयर गरि कूल ५२ लाख ८० हजार कित्ता शेयर फागुन २२ गते बाँडफाँड गरेको थियो।

शिवमले आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि प्रिमियम सहित प्रतिकित्ता २०० रुपैयाँ र सर्वसाधारणका लागि प्रतिकित्ता ३०० रुपैयाँको दरले प्राथमिक शेयर निष्काशन गरेको थियो।शिवम् उत्पादनमूलक कम्पनीबाट प्रिमियम मूल्यमा साधारण शेयर जारी गरेको पहिलो सिमेन्ट कम्पनी हो।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।