६ अंकले झर्याे बजार, कारोबार रकम किन १५ करोड पुग्न सकेन ?

Mar 19, 2019 Merolagani

मंगलबार शेयर बजार परिसुचक नेप्सेमा ०.५९ प्रतिशतले गिरावट आएको छ । कारोबारमा आएका सबै उपसमुहमा आएको गिरावटका कारण बजार तल ओर्लिएको हो । अनलाइन कारोबार प्रणालीमा आएको समस्याका कारण कारोबार रकम भने १५ करोड पुग्न सकेन ।

मंगलबार बजार खुलेपछि केही बेर सुधारिएको बजार अनलाइन प्रणालीमा समस्या आएलगत्तै ओरालो लाग्न थालेको थियो । अनलाइन कारोबार प्रणालीमा आएको समस्याका कारण धेरै लगानीकर्ताले समयमा नै शेयर किनबेच गर्न पाएनन् । जसको सिधा असर मंगलबारको बजारमा देखिएको हो ।

बजार परिसुचक नेप्से ६.८३ अंकले घटेर ११४७.१५ अंकमा संकुचित भएको छ । यस क्रममा १५८ कम्पनीका ५ लाख ३४ हजार ९९५ कित्ता शेयरहरु २ हजार ५ सय ९२ वटा कारोबारबाट १४ करोड ८६ लाख ३३ हजार २४५ रुपैंयामा किनबेच भएका छन् ।

 

रकमका आधारमा धेरै कारोबार भएका कम्पनीहरु ।

 

अधिक शेयरमूल्य बढेका कम्पनीहरु ।

 

उपसमुहमा आएको उतारचढावको अवस्था ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।