सेञ्चुरी बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच सम्झौता

Mar 19, 2019 Merolagani

सेञ्चुरी कमर्सियल बैंक (CCBL) र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच नेपाल राष्ट्र बैंकबाट निर्देशित सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान” अन्तर्गत विभिन्न शिर्षकमा प्रदान गरिने कर्जाको सुरक्षणको लागि सम्झौता सम्पन्न भएको छ ।

सम्झौतापत्रमा चैत ४ गते बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतम र निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत बिष्णु बाबु मिश्रले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता सँगै, सेञ्चुरी कमर्सियल बैंकले आगामी दिनमा लघु, साना तथा मझौला उद्यमका साथै विपन्न वर्ग कर्जाहरुमा लगानि बढाउने विश्वास लिएको छ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।