महालक्ष्मी विकास बैंकको चाबहिलमा शाखा विस्तार

Mar 19, 2019 Merolagani

महालक्ष्मी विकास बैंक (@@) ले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा चैत्र ४ गते काठमाडौँ महानगरपालिका वडा नं ७ स्थित चाबहिल शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ ।

उक्त समारोहमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले चाबहिल शाखाको उद्घाटन गरेका थिए । 

शाखा उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महालक्ष्मी विकास बैंकले ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा शाखा कार्यालय स्थापना गरी सहज, सुलभ र विश्वसनीय बैकिङ्ग सेवाको पहुँच पु¥याउने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।