सिद्धार्थ बैंकको २ शाखाहरु औपचारिक सञ्चालनमा

Mar 19, 2019 Merolagani

सिद्धार्थ  बैंकले चैत्र ४ गते सोमबारदेखि कीर्तिपुर र चाबहिलमा गरि दुई शाखाहरुको औपचारिक उद्घाटन गरेको छ ।

बैंकको कीर्तिपुर शाखाको उद्घाटन किर्तिपुर नगरपालिकाका उप मेयर सरस्वती खड्का र चाबहिल शाखाको उद्घाटन चाबहिल वडा नं ७ का वडा अध्यक्ष शुद्ध कुमार डङ्गोल तथा सिद्धार्थ बैंक सञ्चालक समितिका अध्यक्ष मनोज कुमार केडियाबाट संयुक्त रुपमा गरेका थिए ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखाहरु सहित बैंकले देशभर १४६ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग सेवा, १५६ वटा एटीएम एक हजार २०० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नगद रहित कारोवार प्रवद्र्घन गर्न हालै क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ । यसै गरि कार्डको माध्यमबाट गरिने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भेरिफाइड वाई भिसा सेवा प्रविधिको अवलम्बन गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।