बीमा कम्पनीले सूचीकृत कम्पनीहरुको ऋणपत्रमा लगानी गर्न सक्ने

Mar 19, 2019 Merolagani

बीमा कम्पनीहरुले पहिलो पटक नेप्सेमा सूचीकृत कम्पनीहरुको ऋणपत्रमा लगानी गर्न पाउने भएको छ। बीमा समितिले यस अघि नेपाल राष्ट्र बैंक र सरकारको ऋणपत्रमा मात्रै लगानी गर्न पाउने व्यवस्थालाई बीमकको लगानी निर्देशिका २०७५ जारी गर्दै बीमकको लागि यस्तो व्यवस्था गरेको हो ।

बीमा कम्पनीलाई लगानीको लागि नश्चित क्षेत्र तोकिएको भएपनि प्रया इन्सयोरेन्स कम्पनीहरुले बैंक तथा वित्तीय क्षेत्रमा निक्षेप लगानी गरि आम्दानी गर्दै आइरहेको थियो । अहिले बीमा समितिले बीमकको लागि लगानी निर्देशिका लागु गरेपछि बीमा कम्पनीको लागि लगानीको थप बाटो खुलेको हो । 

नेपाल धितोपत्र बोर्डवाट इजाजतपत्र प्राप्त विनिमय बजारमा सूचीकृत पब्लिक कम्पनीको ऋणपत्रमा पनि बीमक कम्पनीहरुले लगानी गर्ने सकिने व्यवस्था गरेको छ । यस अघि यस्तो व्यवस्था गरेको थिएन् । बीमकले सुचिकृत कम्पनीको ऋणपत्रमा कुल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म लगानी गर्न सकिनेछ ।

समितिले जारी गरेको निर्देशिकामा नेपाल सरकार वा राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्र वा नेपाल सरकारको जमानत प्राप्त बचतपत्र वा ऋणपत्रमा कुल टेक्निकल रिजर्भको ५ प्रतिशत सम्म लगानी गर्न सकिने व्यवस्था छ ।

यस्तै राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको अग्रधिकार शेयर (साधारण शेयरमा परिणत नहुने) र ऋणपत्रमा कुल टेक्निकल रिर्जभको २० प्रतिशत सम्म वा लगानी गरिने लगानी गरिने कम्पनीको चुक्ता पूँजीको १० सम्मगर्न सकिनेछ ।

त्यस निर्देशिका अनुसार बीमकलाई सुरक्षित ऋणपत्रमा लगानी गर्ने अवसर जुटेको छ भने ऋणपत्रहरु बिक्री नभईरहेको बेलामा बैंक तथा वित्तीय संस्थाहरुलाई पनि यो निर्देशिकाले थप राहत पुग्ने देखिन्छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।