लगानीकर्ताको पूँजी सुरक्षा पहिलो शर्त : अर्थमन्त्री खतिवडा

Mar 19, 2019 Merolagani

लगानीकर्ताहरुको पूँजी सुरक्षा नै पहिलो शर्त रहेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । उद्योग मन्त्री मात्रिका यादवको तर्फवाट ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक’ माथि छलफलको क्रममा सो कुरा प्रष्ट पारेका हुन् ।

उद्योग मन्त्री मात्रिका यादवको तर्फवाट ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण विधेयक’ माथि छलफलको क्रममा सो कुरा प्रष्ट पारेका हुन् । 

लगानी भित्राउन परियोजनाले मात्रै नपुग्ने भन्दै उनले विदेशी लगानीकर्ताको पूँजी सुरक्षा नै पहिलो शर्त रहेको बताएका हुन् । सुरक्षित रुपमा मुनाफा कमाएर मुनाफा लैजना पाउने स्थिति नीजि लगानीकर्ताको पहिलो शर्त हो । त्यसैलाई सुरक्षित गर्न संविधानदेखि मुलुकको सबै कानुनहरुले सम्पतिको सुरक्षाको प्रत्याभुति गरेको जानकारी गराए ।

विद्येयक माथिको छलफलमा भाग लिँदै सांसद राधेश्याम अधिकारीले लगानी सम्मेलन गर्दैमा वा कानुन पारित हुँदैमा केही नहुने बताए । त्यसको लागि राम्रोसंग व्यवस्थापन गरेर लगानीको वातावरण बनाउनु पर्ने उनको जोड छ । अधिकारीले लगानीकर्ताले फाइदा र लगानीको सुरक्षा हेर्न भएकोले त्यस तर्पm केन्द्रित हुन सरकारको ध्यानार्कषण गराए ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।