दक्षिण कोरियाका युवायुवतीमा विवाह प्राथमिकतामा परेन, विवाह दर घट्यो

Mar 20, 2019 rss

दक्षिण कोरियामा अघिल्लो वर्षको तुलनामा सन् २०१८ मा विवाह दरमा कमी आएको तथ्याङ्क सार्वजनिक भएको छ । आर्थिक अस्थिरतालगायतका कारण यहाँका युवायुवतीले विवाहलाई कम प्राथमिकता दिन थालेको समाचारमा उल्लेख छ ।

सन् २०१८ मा एक हजार युवायुवतीमा ५ प्रतिशतले विवाह गरेको पाइएको छ । यो तथ्याङ्क अहिलेसम्मकै सबैभन्दा न्यून हो ।

कोरियाको तथ्याङ्क विभागले वैवाहिक सम्बन्धको दर के कति रहन्छ भनेर सन् १९७० देखि तथ्याङ्क सङ्कलन गर्ने गरेको छ । समाचारमा जनाइएअनुसार यो वैवाहिक दर सन् १९७० पछिकै सबैभन्दा कम हो ।

सन् १९८० मा यहाँका युवायुवतीमा विवाह दर प्रति एक हजारमा १०.६ प्रतिशत रहेको थियो । उक्त विभागले यो तथ्याङ्क शुरु गरेयताको सबैभन्दा बढी दर हो ।

यो तथ्याङ्कमा बर्सेनि कमी आउन थालेको हो । सन् १९९० यो दर घटेर मा ९.३, सन् २००० मा ६.५ र सन् २०१० मा ६.५ हँुदै आएको थियो ।

दक्षिण कोरियाली नागरिकमा पहिलो पटक विवाह गर्ने उमेर दर पुरुषमा ३३.२ वर्ष र महिलामा यो उमेर दर ३०.४ वर्ष छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।