श्रीराम सुगर मिल्सले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

Mar 21, 2019 Merolagani

श्रीराम सुगर मिल्स (SRS) ले चैत २८ गते बिहीबार चौबिसौं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीको चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा ११ बजे सभा डाकेको हो।

चौबिसौं साधारण सभाले एक जना स्वतन्त्र सञ्चालक नियुक्त तथा एक जना संस्थापक सञ्चालकको अनुमोदन गर्नेछ।

यस्तै आर्थिक वर्ष २०७४/७५ को नाफा नोक्सान सहितको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने र आर्थिक वर्ष २०७५/७६ का लागि लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने कार्यक्रम सभाको रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।