शिवम् सिमेन्ट र युनिभर्सल पावरको शेयर कारोबार सुरु

Mar 21, 2019 Merolagani

शिवम् सिमेन्ट लिमिटेड र युनिभर्सल पावर कम्पनीको नेपाल स्टक एक्सचेञ्जमा चैत ७ गते बिहीबारदेखि कारोबार खुलेको छ। नेप्सेले शिवम् सिमेन्टको कारोबारका लागि एसएचआईभिएम (SHIVM)  र युनिभर्सल पावरको कारोबारका लागि नेप्सेले युपिसिएल  (UPCL) संकेत प्रदान गरेको छ। 

नेपाल स्टक एक्सचेञ्जले शिवम् सिमेन्टको पहिलो कारोबारका लागि न्यूनतम १६१ रुपैयाँ ६० पैसा देखि अधिकतम नेटवर्थको तीन गुणासम्म अर्थात ४८४ रुपैयाँ ८० पैसासम्म कारोबार रेञ्ज प्रदान गरेको छ। 

यसैगरि युनिभर्सल पावर कम्पनीको शेयर कारोबारका लागि नेप्सेले १०१ रुपैयाँ ११ पैसादेखि अधिकतम ३०३ रुपैयाँ ३३ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ।

दुबै कम्पनीको बिहीबार यहि रेञ्जलाई आधार मानेर कारोबार खुलेको छ।दुबै कम्पनीले मंगलबार नेप्सेमा शेयर सूचीकरण गराएका थिए ।

थप सामाचारहरू:-

 

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।