जनताको जलविद्युतमा प्रधानमन्त्रीको पहिलो आवेदन, कति भरे शेयर ?

Mar 21, 2019 Merolagani

जनताको जलविद्युत कार्यक्रम अन्तर्गतको त्रिशूली ‘बी’ जलविद्युत कम्पनीले आजदेखि खुला गरेको आईपिओमा प्रधानमन्त्री केपि ओलीले पहिलो आवेदन दिएका छन्। ओलीले उक्त आयोजनाको शेयरका लागि अनलाईन मार्फत आवेदन गरेका हुन् ।

शेयर खुलेको पहिलो दिनमा प्रधानमन्त्री ओलीले दश हजार कित्ताका लागि आवेदन दिएका हुन् । त्यस्तै उनकी धर्मपत्नी राधिका शाक्यले १० हजार, ऊर्जामन्त्री वर्षमान पुनले एक हजार र पूर्वसभामुख ओनसरी घर्तीले दुई हजार कित्ताका लागि आवेदन दिएका छन् ।

प्रधानमन्त्रीले जनताको जलविद्युत कार्यक्रमको उदघाटन गर्दाको दिनमा नै पहिलो आयोजनाको पहिलो आवेदन आफ्नो तर्फबाट गर्ने घोषणा गरेका थिए । ‘नेपालको पानी, जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ को नारासहित सो कार्यक्रम गत फागुन २ गते उद्घाटन गरिएको थियो ।

सो आईपिओमा आवेदन दिन बुधबार प्रधानमन्त्रीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा २ वटा डिम्याट खाता खोलेका थिए।

नुवाकोट र रसुवाको सीमानामा निर्माण भइरहेको ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री बी जलविद्युत् आयोजनामा सर्वसाधारणले हाललाई प्रति शेयर १० रुपैयाँको दरमा अग्रिम शेयर खरिद गर्न सक्ने छन् । बाँकी ९० रुपैयाँ आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएपछि बुझाउनु पर्नेछ ।

सर्वसाधारणले प्रतिकित्ता १० रुपैयाँको दरमा न्यूनतम १०० कित्ता र अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्।

कम्पनीले छिटोमा चैत्र १२ गते र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा बैंशाख ६ गतेसम्म बिक्री खुला गर्ने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।

सरकारले गत फागुन २ गते विभिन्न १९ वटा आयोजनालाई जनताको जलविद्युत् कार्यक्रममा सूचीकृत गरेको छ । ती आयोजनाको क्षमता ३ हजार ५०० मेगावाट रहेको छ । सेयर प्रमाणपत्र नपाउञ्जेलसम्म लगानी गरेको रकमको व्याज समेत दिने गरी व्यवस्था मिलाइएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।