यूरोपियन यूनियनद्धारा गूगलमाथि एक खर्ब ८७ अर्ब जरिवाना

Mar 21, 2019 Merolagani

यूरोपियन यूनियनले प्रतिस्पर्धी कानुनको उल्लघंन गरेको भन्दै अमेरिकी कम्पनी गूगलमाथि १४९ करोड यूरो अर्थात् करिब एक खर्ब ८७ अर्ब ५७ करोड रुपैयाँ बराबरको जरिवाना लगाएको छ ।

गूगलले अनलाइन सर्च विज्ञापनमा प्रतिद्धन्द्धी कम्पनीहरुको विज्ञापनलाई ब्लक गरेको आरोप लगाइएको छ ।

यूरोपियन यूनियनले आफ्नो निर्णयमा भनेको छ कि, गूगलले सन् २००६ देखि २०१६ सम्म अनलाइन मार्केटमा आफ्नो पहुँचको गलत फाइदा उठाएको थियो । उसले थर्ड पार्टी प्रतिद्धन्द्धी कम्पनीहरुलाई अनलाइन सर्चमा विज्ञापन डिस्प्ले गर्नबाट रोक्यो ।

यूरोपियन यूनियनका अनुसार, कयौँ वेबसाइटमा गूगल सर्चको फंक्शन रहेको हुन्छ । कुनै प्रयोगकर्ताले त्यसको प्रयोग गर्छ भने सर्च रिजल्टका साथ सर्च विज्ञापन पनि डिस्प्ले हुने गर्दछ । गूगलले सर्च विज्ञापनमा प्रतिद्धन्द्धी कम्पनीहरुको विज्ञापनलाई ब्लक गरिदिने गर्दछ । गूगलले सर्च पेजमा माइक्रोसफ्ट र याहूजस्ता कम्पनीको विज्ञापन रोकिदएको थियो । माइक्रोसफ्टले सन् २००९ मा गूगलका विरुद्ध उजुरी समेत गरेको थियो ।

२ बर्षमा यूरोपियन यूनियनले गूगलमाथि तेस्रोपटक जरिवाना लगाएको हो । योभन्दा पहिले सन् २०१७ मा २४२ करोड यूरो र २०१८ मा ४३४ करोड यूरो जरिवाना लगाएको थियो । एजेन्सी

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।