नेप्सेले शिवम् सिमेन्टको कारोबारका लागि एसएचआईभिएम (SHIVM) र युनिभर्सल पावरको कारोबारका लागि नेप्सेले युपिसिएल (UPCL) ) संकेत प्रदान गरेको थियो ।
नेप्सेको अनलाइन प्रणालीमा यी दुई कम्पनीको अर्डर म्याच हुन नसक्दा कारोबार हुन नसकेको नेप्सेका एक अधिकारीले बताए । नेप्सेले नयाँ कम्पनीलाई प्रदान गर्ने नयाँ विन्डोबाट कारोबार गर्नुपर्नेमा सो हुन नसक्दा बिहीबार यी कम्पनीहरुको शेयर किनबेच हुन नसकेको हो ।
नेपाल स्टक एक्सचेञ्जले शिवम् सिमेन्टको पहिलो कारोबारका लागि न्यूनतम १६१ रुपैयाँ ६० पैसा देखि अधिकतम नेटवर्थको तीन गुणासम्म अर्थात ४६४ रुपैयाँ ८० पैसासम्म कारोबार रेञ्ज तोकिएको थियो । यस्तै युनिभर्सल पावर कम्पनीको शेयर कारोबारका लागि नेप्सेले १०१ रुपैयाँ ११ पैसादेखि अधिकतम ३०३ रुपैयाँ ३३ पैसासम्मको ओपनिङ्ग रेञ्ज तोकिएको छ ।
तर मार्केट डेप्थमा भने दुवै कम्पनीको सुरु मूल्य र अधिकतम मूल्य समान ४६४ रुपैयाँ देखिएको छ ।
बजार खुलेको केहिबेरमा मार्केट डेप्थमा शिवम सिमेन्टको दश कित्ता शेयर प्रतिकित्ता १६२ रुपैयाँका दरले बिक्रीमा राखिएको भएपनि यो खबर तयार पार्दासम्म मार्केट डेप्थमा दुबै कम्पनीको शेयर किनबेचका लािग कुनै जानकारी राखिएको छैन् ।