एभरेष्ट इन्स्योरेन्सको बीमा सेवा अब ज्योती र कामना सेवा विकास बैंकबाट पनि पाइने

Mar 21, 2019 Merolagani

एभरेष्ट इन्स्योरेन्सले बीमा सेवालाई सहज रुपमा उपलब्ध गराउने योजना अनुसार विभिन्न बैंक तथा वित्तीय संस्थाहरुसँग बैंकास्योरेन्स सम्झौता गरिरहेको छ । यस क्रममा पछिल्लो पटक इन्स्योरेन्सले ज्योती विकास बैंक र कामना सेवा विकास बैंकसँग सेवा उपलब्धताका सम्बन्धमा सम्झौता गरेको छ ।

कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

उता ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले पनि बैंकास्योरेन्स सेम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताबाट कामना सेवा विकास बैंक तथा ज्योती विकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत सहज रुपमा एभरेष्ट इन्स्योरेन्सका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुने बताइएको छ । छन् साथै बिमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा दाबी भुक्तानी पनि सबै शाखाबाट सहज रुपमा प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।