एभरेस्ट बैंकमा लगानी रहेको पन्जाब नेशनल बैंक घोटालाका आरोपी नीरव मोदी पक्राउ

Mar 21, 2019 Merolagani

पन्जाब नेशनल बैंक (पीएनबी) बाट १३ हजार करोड भारु अर्थात् २ खर्ब ८ अर्ब रुपैयाँ बराबरको घोटालाका आरोपी नीरव मोदी बुधबार लण्डनबाट पक्राउ परेका छन् । वेस्ट मिन्स्टर अदालतले हीरा कारोबारी मोदीका विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको थियो ।

नीरवले जमानतका लागि बुधबार नै वेस्टमिन्स्टर अदालतमा जमानतका लागि आवेदन दिएका थिए । तर अदातलतले उक्त आवेदनलाई खारेज गरिदिएको छ ।

वेस्टमिन्स्टर अलादतले लामो समयसम्मको सुनुवाईका क्रममा ठूलो राशीको घोटालामा शामिल भएका कारणले मोदीलाई केही समय पुलिस कस्टडीमा नै राख्न आवश्यक रहेको भन्दै जमानत नदिएको बताइएको छ । जमानत दिनुको मतलब उनलाई भाग्ने बाटो दिनु भएको भन्दै अदालतले उनलाई वंड्सवर्थ जेलमा नै राखिएको बताइएको छ ।

भारतले अगस्ट महिनामा नै ब्रिटेनसँग नीरव मोदीलाई सुपुर्दगी गर्नका लागि माग गरेको थियो ।
नीराव मोदीले गरेको घोटालालाई भारतको हालसम्मको सबैभन्दा ठूलो बैंक घोटाला मानिएको छ ।

मुम्बईको विशेष अदालतले मोदीको घरबाट जफत गरिएको १७३ वटा महंगा पेन्टिङ्स र ११ वटा लक्जरी कार लीलामी गर्नका लागि समेत आदेश दिएको छ ।

ती पेन्टिङ्सको मात्र मूल्य ५२.७२ करोड भारु रहेको बताइएको छ । प्रवर्तन निर्देशालय (ईडी) ले ७५ विभिन्न ठाउँबाट छापा मारेर मोदीको करिब १९ सय करोड भारु बराबरको सम्पत्ति जफत गरिसकेको छ ।

मोदीको बैंक घोटालाको चर्चा त्यतिबेला भयो जतिबेला बेलायती एक पत्रिकाले उनले लण्डनमा ८० करोड पाउण्डमा फ्ल्याट किनेको सार्वजनिक र्गयो ।

बेलायती पत्रिका टेलिग्राफले मार्चको सुरुमा भारतका मोस्ट वान्टेड मोदी लण्डनमा लुक्दै आएको समाचार प्रकाशन गरेको थियो । त्यसको केही दिनमा बेलायतको गृह मन्त्रालयले मोदीलाई भारतले सुपुर्दगी माग गरेको खुलाएको थियो । वेस्ट मिन्स्टर मेजिस्ट्रेट्स अदालतले मोदीविरुद्ध वारेन्ट जारी गरेपछि उनी फरार थिए ।

नेपालको एभरेष्ट बैंकमा पिएनबीको लगानी रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।