महिला सहयात्रा माईक्रोफाइनान्स एक लाख डलर सहित ग्लोवल अवार्डद्वारा सम्मानित

Mar 21, 2019 Merolagani

महिला सहयात्रा माईक्रोफाइनान्स वित्तिय संस्था (MSMBS)  “राज कुमारी सविका विन्त अब्राहिम अल–खालिफा ग्लोवल अवार्ड” द्वारा सम्मानित भएको छ ।

वित्तिय संस्था लि. ले सार्वजनिक संस्था, निजी, गैर सरकारी र स्वतन्त्र गरि चार विधामा विभिन्न मुलुकका १८८७ प्रतिस्पर्धिहरुलाई उछिन्दै निजी संस्थाको तर्फबाट एक लाख अमेरीकी डलर धनरासीको पुरस्कार र ग्लोवल अवार्ड प्राप्त गर्न सफल भएको हो ।

 


नेपालको अति दुर दराज र पिछडिएको क्षेत्रमा गई २८ हजार भन्दा बढि महिलाहरुकाबीच लघुवित्त सेवाका साथै लघु उद्यममार्फत समुदायको आर्थिक तथा सामाजिक विकासकार्यहरुमा विशेष योगदान गरेवापत संयुक्त राष्ट्रसंघको ६३ औं महासभाले संस्थालाई सम्मानीत गरएिको कुुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. सुमिता मानन्धरले बिहिबार संस्थाद्वार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

उक्त अवार्ड ११ मार्च २०१९ मा संयुक्त राष्ट्रको महिलाहरुको अवस्था सम्बन्धि ६३ औं महासभामा एक भव्य समारोहकाबीच संस्थाका प्रमुख कार्यकारी अधिकृत डा.सुमिता मानन्धरले उक्त धनराशीको पुरस्कार र अवार्ड ग्रहण गरेका थिए ।

उनले संस्थाले नेपालका अति विकट क्षेत्रहरुमा गई स्थानीय स्रोत र साधनलाई उपयोग गर्दै सिपमुलक तालिम दिई पिछडिएका महिलाको क्षमता अभिवृद्धि गर्न सफल भएको बताए।

९३ जना महिला सदस्यहरुबाट सुरु गरिएको संस्थाले हाल २६ वटा शाखा मध्ये २१ वटाले अति विकट क्षेत्रमा गएर काम गरेको संस्थाले जनाएको छ । संस्थाले लघुवित्तको साथै सिप विकास तालिम तथा बजारीकरणको काम समेत गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।