राष्ट्र बैंंकले कल र चल्ति खाता ६ महिनासम्म कारोबारमा नआए त्यसलाई समेत निष्कृय गर्ने व्यवस्था गरेको छ ।
यदि बैंक तथा वित्तीय संस्थाको नीतिगत व्यवस्था बमोजिम निष्कृय गरिएका खाताहरुको हकमा यसै व्यवस्था बमोजिम अध्यावधिको गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । निष्कृय भएको खाता अद्ययावधिक गराउन चाहेमा भने ग्राहकले बैकमा एउटा निवेदन दिए मात्र पुग्नेछ ।
बैंकहरुमा खाताको संख्या थपिदै जाने तर उक्त खाता मार्फत नियमित कारोबार नहुने समस्याको समाधान गर्न राष्ट्र बैंकले यस्तो निर्देशन गरेको हो । निष्कृय बचत खाताहरुलाई निष्कृय भए पछि सकृय रुपमा कारोबार हुने खाता मात्र सञ्चालनमा रहने छन् ।