न्युजल्याण्डमा सबै प्रकारका हतियार बिक्रीमा प्रतिबन्ध

Mar 21, 2019 Merolagani

न्युजल्याण्डका दुईवटा मस्जिदमा केही दिन पहिले भएको आक्रमणपछि त्यहाँको सरकारले हतियार नीतिमा परिवर्तन गरेको छ । बिहीबार प्रधानमन्त्री जेसिन्डा अर्डेर्नले न्युजल्याण्डमा सबै प्रकारका सेमी अटोमेटिक हतियारमा प्रतिबन्ध लगाइएको बताएकी छन् ।

यसका अलावा सबै असल्ट राइफलको विक्रीमा रोक लगाइने बताइएको छ । जेसिन्डाका अनुसार, प्रतिबन्धित हतियारमा फायर आम्र्स जस्ता हतियार पनि शामिल छन्, जसलाई सेमी अटोमेटिक हतियारमा परिवर्तन गर्न सकिन्छ ।

क्राइस्टचर्चस्थित अल–नूर र लिनउड मस्जिदमा गत शुक्रबार भएको आक्रमणमा ५० जना मानिसहरु मारिएका थिए । आक्रमणकारी ब्रेनटन टेरेन्टले नमाजका क्रममा मानिसहरुमाथि अन्धाधुन्ध गोली चलाएका थिए । जसमा बंगलादेश क्रिकेट टीमका खेलाडी पनि बाल–बाल बचेका थिए ।

दुनियाँभरबाट उक्त आक्रमणको निन्दा गरिएसँगै प्रधानमन्त्री अर्डेर्नले गन कानुनमा परिवर्तन गर्ने बताएकी थिईन । एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।