गणपति माइक्रोफाइनान्सलाई आईपिओ निष्काशन गर्न धितोपत्र बोर्डको अनुमति

Mar 21, 2019 Merolagani

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था (Ganapati) लाई आईपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ। बोर्डले चैत ७ गते ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता आईपिओ निष्काशन गर्न अनुमति दिएको हो।

माइक्रोफाइनान्स चुक्ता पूँजीको ३२.३७ प्रतिशत बराबरको शेयर निष्काशन गर्ने भएको हो। बाँकी ६७.६३ प्रतिशत पूँजी भने संस्थापक शेयरधनीहरुको तर्फबाट पु¥याएको छ। 

संस्थाले यस अघि नै एनआईबिएल एस क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी दिइसकेको छ।

माइक्रोफाइनान्सको अधिकृत पूँजी २० करोड, जारी पूँजी १० करोड रुपैयाँ छ। ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सकाे आईपिओ निष्काशन पछि चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।