योभन्दा पहिले एप्पलको आईओएस प्लेटफर्ममा यसको परीक्षण भइसकेको छ। गूगलको एन्ड्रोइड प्लेटफर्मका लागि पनि यस्तै योजनामा काम भइरहेको बताइएको छ।
अमेजनले यो सेवाको लन्च गरेमा गूगल र फेसबुकका लागि यो ठूलो चुनौती बन्न सक्नेछ। डिजिटल एडभरटाइजिङ ग्लोबल मार्केट १२९ अर्ब डलरको रहेको छ।
यसमा हाल गूगल र फेसबुकको मात्र दबदबा कायम रहेको छ। तर अब अमेजनको प्रवेशसँगै गूगल र फेसबुकलाई चुनौतीको विषय बन्न सक्ने बताइएको छ।
डिजिटल एडभरटाइजिङ्गमा प्रवेश गरेसँगै अमेजनलाई फाइदा हुने अपेक्षा गरिएको छ। फेसबुक र यूट्यूबको सट्टा सपिङ्ग एप र भिडियो देखेर ग्राहकहरुमा कुनै पनि उत्पादन किन्नका लागि धेरै प्रभाव पर्नसक्ने बताइएको छ ।
डिजिटल एडभरटाइजिङ मार्केटमा अमेजन तीव्र गतिमा अगाडि बढिरहेको छ । ई–मार्केटरका अनुसार अमेजनको डिजिटल एडभरटाइजिङ मार्केट शेयर यस वर्ष बढेर ८.८ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गत वर्ष यसको मार्केट शेयर ६.८ प्रतिशत रहेको थियो । उता गूगलको शेयर भने ३८.२ बाट घटेर ३७.३ प्रतिशतमा झर्ने अनुमान गरिएको छ ।
-एजेन्सी