हिमालयन बैंकले फेरि जारी गर्ने भयो ऋणपत्र, कति पाइन्छ ब्याज ?

Mar 22, 2019 Merolagani

हिमालयन बैंक (HBL) ले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने प्रकृया अगाडि बढाएको छ। जसका लागि बैंकले लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ।

उक्त सम्झौतामा हिमालयन बैंकका प्रमुख कार्यकारी अशोक राणा तथा लक्ष्मी क्यापिटलका प्रमुख कार्यकारी राजिब सापकोटाले हस्ताक्षर गरे ।

बैंकले ‘हिमालयन बैंक लिमिटेड बण्ड २०८३’ जारी गर्न लागेको हो । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ ।

जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट ठूला तथा संस्थागत लगानीकर्ताहरुलाई ब्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ ।

सात वर्ष अवधिको उक्त ऋणपत्रमा बार्षिक दश प्रतिशतका दरले अर्धवार्षिक रुपमा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ।

यसअघि बैंकले ७ बर्षे अवधिको हिमालयन बैंक लिमिटेड बण्ड २०७७’ जारी गरेको थियो । बैंकले उक्त ऋणपत्रमा आठ प्रतिशत ब्याज उपलब्ध गराएको थियो । उक्त ऋणपत्र परिपक्क हुने अवधि नजिकदै गएपछि बैंकले द्धिर्घकालिन स्रोत परिचालनका लागि अर्को ऋणपत्र निष्काशनको तयारी गरेको हो ।

बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एक अर्ब ३६ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेर प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ९ पैसा कायम गरेको थियो । सो अवधिमा बैंकको पूँजीकोष अनुपात ११.३६ प्रतिशतमा खुम्चिएको छ । बैंकले लगानीयोग्य रकमको अभाव हुन नदिन र पूँजीकोष बढाउन ऋणपत्र बिक्री गर्न लागेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।