स्वीजरल्याण्डबाट प्रविधि हस्तान्तरण हुन सके नेपालको दिगो विकासमा टेवा पुग्ने: अर्थमन्त्री

Mar 22, 2019 Merolagani

अर्थमन्त्री डा.युवराज खतिवडाले सार्वजनिक यातायात र सुरुङ खन्ने प्रविधिमा अब्बल स्वीजरल्याण्डबाट नेपाललाई प्रविधि हस्तान्तरण हुन सके दिगो विकासमा टेवा पुग्ने बताएका छन् । 

विशेषगरी, यातायात तथा शुरुङ्ग मार्ग निर्माणको कार्यमा स्वीस सरकारको विशेष दक्षता र अनुभव रहेकोले सो प्रविधिलाई नेपालमा प्रयोग गर्न चाहेको खतिवडाले बताए।

 उनले नेपाल सरकारले प्रस्तावित गरेको दुई सुरुङ मार्गको निर्माणलाई द्रुतगतिमा अगाडी बढाउन स्वीस सरकारसँग विशेष आग्रह समेत गरे।

अर्थ मन्त्रालयमा बिहीबार स्वीस डेभलपमेण्ट कोअपरेशन एजेन्सीका महानिर्देशक एचई मेनुएल सागेरसँग भएको भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपालको समग्र विकास प्रयासमा स्वीस सरकारले पु¥याएको सहयोग प्रति धन्यवाद व्यक्त गर्दै थप सहयोगका क्षेत्रहरु बारे छलफल समेत गरे ।

भेटमा महानिर्देशक सागेरले नयाँ संविधान कार्यान्वयन गरेर सामाजिक–आर्थिक रुपान्तरणको मार्गमा नेपाल अग्रसर भएकाले त्यस निम्ति स्वीटजरल्याण्डले सक्दो सहयोग गर्ने बताए ।

सागेरले नेपालको भौगोलिक विविधताका कारण प्राप्त गर्न सक्ने लाभका क्षेत्रहरुमा आगामी दिनहरुमा पनि सहयोगको निरन्तरता रहने प्रतिवद्धता व्यक्त गरे ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।