आईएमएफले चार महिनामै किन घटायो नेपालको अनुमानित आर्थिक वृद्धिदर

Mar 22, 2019 Merolagani

अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०१९ मा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत मात्र हुने प्रक्षेपण गरेको छ । गत डिसेम्बरमा ६.५ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान सार्वजनिक गरेको आइएमएफले चार महिना नबित्दै प्रक्षेपण संशोधन गरेर नयाँ सार्वजनिक गरेको हो ।

यसअघि गत डिसेम्बरमा आइएमएफले जारी गरेको रिपोर्टमा चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशत हुने अनुमान गरिएको थियो ।

बिहीबार जारी गरेको वल्र्ड इकोनोमी आउटलुक रिपोर्टमा चाल् आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत मात्र हुने उल्लेख गरेको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा देशको आर्थिक वृद्धिदर ८ प्रतिशत हुने उल्लेख गरेपनि बजेटको अर्धबार्षिक समीक्षाका क्रममा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वृद्धि आठ प्रतिशत नपुग्ने बताएका थिए । 

उता वल्र्ड बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान गरेको छ । नेपालमा लगानीको वातावरण खस्किदैँ गएको भन्दै गत अक्टोबरमा वल्र्ड बैंकले जारी गरेको ‘डुइङ्ग बिजनेस २०१९’ को रिपोर्टमा नेपाल ११० औँ स्थानमा परेको थियो ।

नेपालले स्वदेशीका साथै विदेशी लगानीका लागि पनि उपयुक्त वातावरण सिर्जना गर्न नसकेकाले अपेक्षित आर्थिक वृद्धि हासिल हुन नसकेको भन्दै विभिन्न संस्थाहरुले धारणा राख्दै आएका थिए ।

अघिल्लो वर्ष ६.५ प्रतिशत रहेको व्यापार घाटा ८.२ प्रतिशत पुग्नु पनि आर्थिक वृद्धिको बाधक रहेको छ । हरेक वर्ष ठूलो मात्रामा बढ्दै गएको व्यापार घाटाले नेपालको उत्पादन प्रणाली कमजोर रहन गई अपेक्षित आर्थिक वृद्धि हुन सकिरहेको छैन ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।