अनलाइन कारोबार प्रणालीले चिन्दैन प्यान !

Mar 22, 2019 Merolagani

अर्थ मन्त्रालय तथा धितोपत्र बोर्डले अघि सारेको प्यान कार्यान्वायनलाई अहिलेको अनलाइन कारोबार प्रणालीले नचिन्ने भए पछि कसरी प्यान कार्यान्वायनमा लैजाने भन्ने अन्यौल उत्पन्न भएको छ । यस सम्बन्धमा अनलाइन कारोबार प्रणालीको विकास गरेको नेप्सेको भेण्डर कम्पनी योमरी नै अलमलमा छ । यसले स्वेच्छिक तथा अनिवार्य गरिएको प्यान कार्यान्वायनमा समस्या हुने देखिएको छ ।

अहिले सञ्चालनमा ल्याइएको अनलाइन कारोबार प्रणालीको विकास हुने समयमा शेयर बजारलाई प्यानको दायरामा ल्याउने विषयमा केही चर्चा परिचर्चाहरु भएका थिए । तर अहिलेको जस्तो मुर्त रुप प्यानले पाएको थिएन ।

जसका कारण अनलाइन कारोबार प्रणालीको विकास गर्दा प्यानलाई कसरी इन्टिग्रेट गर्न सकिन्छ भन्ने सम्बन्धमा कुनै गृहकार्य भएन । फलतः अहिले प्यान कार्यान्वायनमा ल्याउने निर्णय भए पनि अलपत्र पर्ने देखिएको हो ।

यस सम्बन्धमा अनलाइन प्रणालीको विकास गरेको वाइकोसँग कुनै जवाफ छैन । शुक्रबार नेप्सेमा भएको विशेष र गोप्य भनिएको छलफलमा प्यानका सम्बन्धमा वाइकोलाई सहभागिहरुले सोधेका थिए । तर वाईकोका प्रतिनिधिले यस सम्बन्धमा कुनै जवाफ दिन सकेनन् ।

‘नयाँ विषय आयो, यसमा हामी बुझ्ने काम गर्छौं ।’ योमरी अर्थात वाइकाले प्यानलाई अनलाइन इन्टिग्रेट गर्ने सम्बन्धमा दिएको अभिव्यक्ति यति मात्र हो । न त उसले प्यान अनलाइनमा इण्टिग्रेट हुन्छ भन्न सक्यो, न त हुँदैन नै भन्न सक्यो । यसले छलफलमा सहभागि भएका सबै अलमलमा परे ।

प्रणालीको विकास गरेको भेण्डर कम्पनीले नै प्यानलाई कसरी अनलाइनमा आबद्ध गर्ने भन्न नसके पछि नेप्सेले पनि केही बोल्न सक्ने अवस्था देखिएन । र छलफपल अनलाइन प्रणालीको समस्याका बारेमा केन्द्रित भयो ।

अनलाइन प्रणाली माथि प्रश्न उठिरहेका बेला प्यानको विषय पनि जोडिएपछि अबका दिनमा वाइकोलाई झनै कामको दवाव पर्ने निश्चित छ । किनकी उसले एक पटक अनलाइन प्रणाली बनाएर नेप्सेलाई हस्तान्तरण गरे पछि फर्केर नहेर्ने गरी काम गरेको हैन ।

अब नेप्सेले दोस्रो बजारमा प्यान कार्यान्वयनको प्राविधिक पाटो सहित वाइकोलाई काममा लगाउने समय आएको बुझ्न सकिन्छ । हैन भने यही अनलाइन प्रणालीमा प्यानलाई आबद्ध गर्ने सम्बन्धमा नेप्सेले आन्तरिक गृहकार्य सुरु गर्नु पर्ने हुन्छ । तर अहिले समस्या तत्काल पहिचान नै हुन नसकिरहेको अवस्थामा नेप्से आफैंले मात्र थप केही गर्न सक्ने देखिँदैन ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।