गरूड विमानका प्रवक्ता इखसन रोसनले भने, हामीले बोइङ लाई पत्र लेखेर अर्डर रद्द गर्नका लागि अनुरोध गरेका छौँ । यसको कारण भनेको इन्डोनेसियाका विमान यात्रीह?लाई यस विमानबाट भरोसा गुमेकाले उनीह?लाई यसमाथि कुनै पनि प्रकारको विश्वास छैन ।
छोटो समयमा नै एउटै मोडलको विमान दुर्घटना भएकाले यसको सुरक्षासँग सम्बन्धित प्रश्नहरू उठेसँगै एसिया र युरोपका ४४ भन्दा धेरै मुलुकले उक्त मोडलको जहाज उडानमा रोक लगाएका थिए ।
ग?डलाई ७३७ म्याक्स ८ मोडलको एक विमान पहिले नै प्राप्त भएको थियो । बोइङलाई ५० विमानका लागि ४ अर्ब ९० करोड डलर बराबरको अर्डर प्राप्त भएको थियो । एजेन्सी