शेयर लगानीकर्ता दबाब समूहद्धारा धितोपत्र बोर्डको कार्यालयमा तालाबन्दी

Mar 24, 2019 Merolagani

पूँजी बजार सुधार र विस्तारका लागि आफुहरुले राखेको ३२ बुँदे मागको कुनै सुनुवाई नभएको भन्दै शेयर लगानीकर्ता दबाब समूहले नेपाल धितोपत्र बोर्डको कार्यालयमा चैत १० गते आइतबार तालाबन्दी गरेको छ।

शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालको नेतृत्वमा गएको टोलीले बोर्डको कार्यालय जावलाखेलमा तालाबन्दी गरेको हो ।

बोर्डको नेतृत्व पूँजी बजारको सुधार र विस्तारप्रति गैर जिम्मेवार भएको आरोप उक्त समूहको छ । तालाबन्दीपछि लगानीकर्ताहरु बोर्ड परिसरमा शान्तिपूर्वक धर्नामा बसिरहेका छन् ।

शनिबार प्रधानमन्त्री केपी ओलीलाई माग पत्र बुझाएका दबाब समूहले आइतबारदेखि कडा आन्दोलनमा उत्रिएका हुन् । उनिहरुले यसअघि बोर्डका अध्यक्ष डा. रेबत कार्की र कार्यकारी निर्देशक निरज गिरीको घर घेर्ने कार्यक्रम घोषणा गरेकोमा सो परिवर्तन गरि बोर्डको कार्यालयमा तालाबन्दी गरेर दबाब सिर्जना गरेका हुन् । 

 

दबाब समूहका अध्यक्ष हरि ढकालले नियामक निकायहरुले आफूहरुको पूर्व घोषित माग पूरा नगर्दा कार्यतालिका अनुसार नै दबाबमूलक कार्यक्रम गरेको बताए। पूँजीबजारको समस्या अध्ययन कार्यदलले बुझाएको ५८ बुँदामध्ये धेरै बुँदा कार्यान्वयनमा जान नसकेको, तथा आफ्नो समूहले उठान गरेका ३२ बुँदे मागको कार्यान्वयनको माग गर्दै बोर्ड कार्यालयमा तालाबन्दी गरेको उनले बताए ।

नियामक निकायमा रहेका विकृति र विसङ्गति विरुद्ध आफुहरुले निर्णयक आन्दोलन थालेको बताउँदै दबाब समूहका अध्यक्ष आम लगानीकर्ताहरुको साथ र सहयोग रहेने विश्वास व्यक्त गरे।आफुहरुले उठाएका ३२ बुँदे मागको सुरुवात नहुँदासम्म तालाबन्दी जारी रहने ढकालको भनाई थियो ।

उनले भने 'पूँजी बजार सुधार र विस्तारका लागि आफूहरुले उठान गरेको मागको विषयमा कि ती मागहरु ठिक छैनन् भनेर भन्न सक्नुपर्यो हैन भने ति मागहरु पूरा गर्नुपर्यो।'

मंसिर १० गतेदेखि शुरु गरेको पहिलो चरणमा आमरण अनसनसम्म बसेकाे उक्त समूहले माघ ७ गते पूँजी बजार सुधार र विस्तारका लागि भन्दै ३२ बुँदे मागपत्र सार्वजनिक गरेको थियो । ३२ बुँदामा के- के छन् माग यहाँबाट हेर्नुहोस्

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।