स्पर्श लघुवित्तको आईपिओ बाँडफाँड, भाग्यमानी २५ हजार २०० ले पाए १० कित्ता

Mar 24, 2019 Merolagani

स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर (आईपिओ) चैत १० गते आइतबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलमा आईपिओ बाँडफाँड गरिएको हो।

लघुवित्तको आईपिओमा आवेदन गरेमध्ये भाग्यमानी २५ हजार २०० जनाले गोलाप्रथाबाट १० कित्ताको दरले शेयर पाएका छन् ।

आईपिओमा आवेदन गरेर सदर भएका कूल २ लाख ९८ हजार ३५३ जनामध्ये २ लाख ७३ हजार १५३ जनाको हात खाली भएको छ भने ५८५ वटा आवेदनबाट परेको १५ हजार ५०० कित्ताको आवेदन रद्ध भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ।

कास्कीमा केन्द्रीय कार्यालय रहेको स्पर्शले फागुन २६ देखि २९ गतेसम्म कूल २ लाख ६९ हजार ६३० कित्ता शेयर निष्काशन गरेको थियाे । यसमध्ये ४ हजार १४८ कित्ता लघुवित्तका कर्मचारीलाई र १३ हजार ४८२ कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर २ लाख ५२ हजार कित्ता शेयरमा सर्वसाधारणबाट आवेदन खुला गरेको थियो ।

सो आईपिओ शेयरमा २ लाख ९८ हजार ३५३ आवेदनबाट सर्वसाधारणमा बिक्री खुला भएको शेयरको ३२.२३३ गुणा बढी अर्थात ८१ करोड २२ लाख ९४ हजार रुपैयाँ बराबरको ८१ लाख २२ हजार ९४० कित्ता शेयरकाे माग सदर भएकाे थियाे भने ५८५ वटा आवेदनबाट परेको १५ हजार ५०० कित्ताको आवेदन रद्ध भएको थियाे। 

आईपिओ बिक्री पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड २९ लाख ६३ हजार रुपैयाँ पुग्नेछ । यस्तै संस्थाले संस्थापकतर्फको चुक्ता पूँजी ६७.५ प्रतिशत अर्थात ५ करोड ६० लाख रुपैयाँ र सर्वसाधारणतर्फ ३२.५ प्रतिशत अर्थात दुई करोड ६९ लाख रुपैयाँ सहित जम्मा कायम हुनेछ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।