गुराँस लाइफ इन्स्योरेन्सले चैत २८ गतेदेखि हकप्रद जारी गर्ने

Mar 24, 2019 Merolagani

गुराँस लाइफ इन्स्योरेन्स (GLICL) ले यहि चैत २८ देखि चुक्ता पूँजी ५९ करोड ७० लाख रुपैयाँको ५० प्रतिशत अर्थात २ बराबर १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न भएको छ।

इन्स्योरेन्सले लक्ष्मी क्यापिटल मार्केट मार्फत प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरको २९ लाख ७० हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।

कम्पनीको शेयर चैत ७ गते बिहीबर प्रतिकित्ता ५१० रुपैयाँमा कारोबार भएको छ । हकप्रदमा चैत ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र आवेदन गर्न सक्नेछन् ।

उक्त हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका अलवा मेरो शेयर सफ्टवेयर मार्फत पनि हकप्रदमा आवेदन दिन सकिनेछ।

यस्तै हकप्रदमा लक्ष्मी बैंकको शाखा कार्यालयहरू महाराजगञ्ज काठमाडौं, पुल्चोक ललितपुर, वीरगञ्ज, विराटनगर, भैरहवा, पोखरा, नारायणगढ, नेपालगञ्ज, धनगढी र जनकपुर इटहरी, दमक, धरान, लहान, वालिङ, विरेन्द्रनगर, घोराही, जलेश्वर, श्रीनगर, चरीकोट, बनेपा, दमौली र हेटौंटाबाट पनि आवेदन गर्न सकिनेछ ।  हकप्रद भर्ने अन्तिम दिन २०७६ जेठ १ गते रहेको छ ।

हाल यो कम्पनीको चुक्ता पूँजी ५९ करोड ४० लाख रुपैयाँ रहेको छ। हकप्रद निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ८९ करोड १० लाख पुग्नेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीले ३ करोड ८२ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८८ पैसा कायम गरेको छ ।

पचास प्रतिशत हकप्रदपछि कम्पनीले चैत २१ गते डाकेको साधारण सभाबाट फेरि शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।