कार्यालय भित्र राजु बहादुर जिसी, ललित पोडे र सन्जीब पोडे थुनिएका हुन । बोर्डमा तालावन्दी भएको करीब दुइ घण्टासम्म बोर्डका अध्यक्ष रेवत वहादुर कार्की कार्यालय पुगेका छैनन् ।
समुहले पूर्वनिर्धातिर कार्यक्रम अनुसार केही परिवर्तन गरेर बार्डमा तालाबन्दी गरेपछि अधिकाँश कर्मचारीहरू बाहिरै बस्नु परेको छ भने नियमित काममा समेत प्रवाभित भएको छ । कार्यालय बन्द भएपछि कर्मचारीहरू घाम ताप्दै बसेका छन् ।
कार्यालय आइपुगेका बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलसंग लगानीकर्ताहरूले गुनासो गरिरहेका छन् । कोही पनि आफ्नो स्वार्थको लागि नआएको र पूँजी बजारको सुधारको लागि आन्दोलन सुरूवात गर्नुपरेको लगानीकर्ताहरूको भनाई छ ।
पूँजी बजार सुधार र विस्तारका लागि आफुहरूले राखेको ३२ बुँदे मागको कुनै सुनुवाई नभएको भन्दै शेयर लगानीकर्ता दबाब समूहले चैत १० गते आइतबार आन्दोलन गर्ने घोषण गरेका थिए ।
शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालको नेतृत्वमा गएको टोलीले बोर्डको कार्यालय जावलाखेलमा तालाबन्दी गरेको हो ।