उत्तर कोरियामाथि अतिरिक्त प्रतिबन्ध नलगाइनेः ट्रम्प

Mar 24, 2019 agency

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने आफ्नो प्रशासनको आदेशलाई फिर्ता लिएको बताएका छन् । एक ट्वीट मार्फत ट्रम्पले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध नलगाउने बताएका हुन् ।

ट्रम्पले लेखेका छन्, ‘अमेरिकाको वित्त मन्त्रालयले उत्तर कोरियामाथि पहिलेदेखि नै जारी प्रतिबन्धपछि अब ऊमाथि व्यापक स्तरमा अरू नयाँ अतिरिक्त प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । मैले ती अतिरिक्त प्रतिबन्धलाई फिर्ता लिनका लागि आदेश दिएको छु्ँ ।’

यद्यपी ट्रम्पले आफ्नो ट्वीटमा कुन र कस्तो प्रकारको प्रतिबन्ध भन्ने बारेमा भने खुलासा गरेका छैनन र ट्रम्प प्रशासनका अधिकारीले पनि ट्रम्पले कुन प्रतिबन्धका बारेमा कुरा गरेको भन्ने कुराको बारेमा हालसम्म कुनै पनि जानकारी नभएको सीएनएनले आफ्नो रिपोर्टमा बताएको छ ।

ट्रम्पको प्रशासनले प्रतिबन्धको उल्लघंन गरेको र उत्तर कोरियालाई सहायता गरेको शंकामा दुईवटा चिनीयाँ जहाज कम्पनीमाथि शुक्रबार मात्र प्रतिबन्ध लगाएको थियो ।

ट्रम्प प्रशासनमा एक वरिष्ठ अधिकारीले भने, यो समय उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाइने छैन, तर चीनको शिपिंग कम्पनीमाथि लगाइएको रोक पहिलेको जस्तै नै कायम रहनेछ । एजेन्सी

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।