धितोपत्र बोर्डमा लगाइएको ताला सुरक्षाकर्मीले तोडे, बाेर्ड परिसर तनावग्रस्त (भिडियाे)

Mar 24, 2019 merolagani

-आन्दाेलनलन थप चर्काउने लगानीकर्ताको भनाई।
शेयर लगानीकर्ता दवाब समुहले धितोपत्र बोर्डमा गरेको तालाबन्दी सुरक्षाकर्मीले तोडेको छ। तालाबन्दी भएपछि बाेर्डले सुरक्षाकर्मी डाकेको थियो। प्रहरी परिचालन भएपछि लगानीकर्ता झन् आक्रोशित भएका छन्। उनिहरूले आन्दोलन थप चर्काउने बताएका छन्।

लगानीकर्ताहरूले बोर्ड मुख्य गेटमा ताला लगाएपछि भित्र ३ जना कर्मचारी थुनिएका थिए । बाँकी सबै कर्मचारी करीब चार घण्टा बाहिर चौरमा बसेका थिए । तालावन्दीको समयमा बोर्डका अध्यक्ष रेवत वहादुर कार्की कार्यालय उपस्थित थिएनन् । कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलले लगानीकर्ताको गुनासो सुनेका थिए ।

पौडेलसँग लगानीकर्ताहरूले वार्ताको माग गरेका थिए । उनीहरूले अर्थ मन्त्रालय, अन्तिरिक राजश्व विभाग र बोर्डका प्रतिनिधि उपस्थित भएर वार्ताको वातावरण बनाउन माग गरेका हुन् । वार्ताको वातावरण बनेमा गेटको ताला खोल्ने उनीहरूको भनाई छ । उनीहरूको मागको कुनै सुनुवाइ नगरी बोर्डले सुरक्षाकर्मी लगाएर ताला खोलेपछि बोर्ड परिसर तनावग्रस्त भएकाे छ । अहिले बाेर्डकाे मुख्य ढाेकाबाट कसैलाइ पनि प्रवेश गर्न दिइएकाे छैन ।

पूँजी बजार सुधार र विस्तारका लागि आफुहरूले राखेको ३२ बुँदे मागको कुनै सुनुवाई नभएको भन्दै शेयर लगानीकर्ता दबाब समूहले चैत १० गते आइतबार आन्दोलन गर्ने घोषण गरेका थिए ।

शेयर लगानीकर्ता दबाब समूहका अध्यक्ष हरि ढकालको नेतृत्वमा गएको टोलीले बोर्डको कार्यालय जावलाखेलमा तालाबन्दी गरेको हो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।