भार्गव विकास बैंकद्धारा लाभांश पारित गर्न साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

Mar 24, 2019 Merolagani

भार्गव विकास बैंक (BHBL) ले लाभांश पारित गर्न ११ औं वार्षिक साधारण सभा बोलाएको छ। बैंक सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत नगद लाभांश पारित गर्न चैत ३० गते विहान १० बजे, नेपालगञ्जको भ्यु होटल सिद्धार्थमा साधारण सभा बोलाएको हो ।

साधारण सभामा उपयुक्त बैंक तथा वित्तीय संस्थामा मर्जर तथा प्राप्तीमा जान सञ्चालक समितिलाई सम्पूर्ण अख्यिारी प्रदान गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ।

यस्तै कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन सम्बन्धी संशोधन गर्न विषेश प्रस्ताव पेश गर्ने भएको छ । 

बैंकले साधारण सभा प्रयोजनको लागि चैत २२ गते बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार चैत २१ गते सम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।