यसरी साम्य भयो धितोपत्र बोर्डमा चलेको लगानीकर्ताको आन्दोलन

Mar 24, 2019 Merolagani

लगानीकर्ताले धितोपत्र बोर्डमा गरेको तालाबन्दी र आन्दोलन अहिले साम्य भएको छ । ठुलो संख्यामा सुरक्षाकर्मीको उपस्थिती पछि अवस्था नियन्त्रणमा आएको हो । यस क्रममा बोर्डले लगानीकर्तालाई वार्तामा बस्न आह्वान गरे पनि लगानीकर्ताले अस्वीकार गरेका थिए ।

बिहान झण्डै साढे ८ बजे नै लगानीकर्ताले बोर्डमा गरेको तालाबन्दी १२ बजे प्रहरीले तोडेको थियो । त्यस बेलासम्म आन्दोलित लगानीकर्ताहरुलाई बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौडेलले वार्तामा आउन आह्वान गरेका थिए ।

बोर्डका तर्फबाट आएको वार्ताको प्रस्तावलाई लगानीकर्ताले बोर्डसँग मात्र वार्ता नगर्ने भन्दै अस्वीकार गरेका थिए । लगानीकर्ताले अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभाग र धितोपत्र बोर्डका प्रतिनिधिसँग संयुक्त रुपमा मात्र वार्तामा बस्ने अडान लिएका थिए ।

प्रहरी परिचालन गरेर लगानीकर्तालाई तितरबितर पार्न थालिए पछि आन्दोदन केही सुस्त बनेको थियो । यद्यपी आन्दोलनरत लगानीकर्ताले नाराबाजी गर्न छाडेका थिएनन् ।

लगानीकर्ताको आन्दोलनको सुईको पाएका बोर्डका केही कर्मचारी बिहानै बोर्डमा पुगेर कार्यकक्षमा बसेका थिए । लगानीकर्ताहरुले ती कर्मचारीहरुलाई बाहिर आउन नमिल्ने गरी तालाबन्दी गरेका थिए । सोपश्चात प्रहरीले बल प्रयोग गरी ताला तोडेको थियो ।

ताला तोडिए पछि बोर्डका कर्मचारी आफ्नो आफ्नो कार्यकक्षमा पसेका थिए भने लगानीकर्ता आन्दालन स्थलबाट एक पछि अर्को गर्दै पातलिएका थिए । यद्यपी सुरक्षाकर्मीको उपस्थिती भने बाक्लो थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।