कारोबार सुचारु भएदेखि नै शेयरमूल्य घट्न थालेको आइतबार दुबै कम्पनी गुमाउने शिर्ष दश कम्पनीको प्रथम र द्धितिय स्थानमा रहेका छन्।
आइतबार शिवम् सिमेन्टको नेप्सेले तोकेको अधिकतम ओपनिङ्ग रेञ्ज ४६४ रुपैयाँ प्रतिकित्तामा पहिलो कारोबार भएको थियो । तर यस कम्पनीको शेयर कारोबार एक घण्टा नबित्दै ९.९१ प्रतिशत अर्थात ४६ रुपैयाँले घटेर ४१८ रुपैयाँमा झरेको थियो । यस दिन शिवम् सिमेन्टको ३ हजार ९२० कित्ता शेयर ४० वटा कारोबारबाट १७ लाख ३७ हजार ८७० रुपैयाँ बराबरमा खरिद बिक्री भयो।
यसैगरि युनिभर्सल पावर कम्पनीको पनि पहिलो कारोबार दिनमा नै नकारात्मक सर्किट लागेको हो । युनिभर्सलको पनि पहिलो कारोबार दिन आइतबार प्रतिकित्ता ३०० रुपैयाँमा शेयर कारोबार सुरु भएको थियो।
यस कम्पनीको पनि पनि कारोबारको दुई घण्टा बित्न नपाउँदै दश प्रतिशत अर्थात प्रतिकित्ता ३० रुपैयाँले घटेर प्रतिकित्ता २७० रुपैयाँमा झरेको छ। पहिलो दिन कम्पनीको २३० कित्ता शेयर १२ पटक कारोबार हुँदा ६५ हजार ८६० रुपैयाँ बराबरमा खरिद बिक्री भयो ।
नेप्सेले शिवम् सिमेन्टका पहिलो कारोबारका लागि न्यूनतम १६१ रुपैयाँ ६० पैसा देखि अधिकतम नेटवर्थको तीन गुणासम्म ४८४ रुपैयाँ ८० पैसा तथा युनिभर्सलको पहिलो कारोबारका लागि १०१ रुपैयाँ ११ पैसा देखि ३०३ रुपैयाँ ३३ पैसासम्मको कारोबार रेञ्ज दिएको थियो।