समूहका अध्यक्ष हरि ढकालद्धारा जारी विज्ञप्तिमा धितोपत्र बोर्डको कार्यालयमा गरिएकाे आन्दोलनमा भएकाे प्रहरी दमन अध्यक्ष रेबत कार्की र कार्यकारी निर्देशक निरज गिरीलगायतकाे उक्साहटमा भएको आरोप पनि समूहले लगाएको छ ।
आन्दोलनरत समूहले पूँजी बजार र आम सर्बसाधारण लगानीकर्ताको हित विपरित कुटिल षडयन्त्र गर्नेहरुको एक एक हिसाव लगानीकर्ताले चुक्ता गर्ने पनि विज्ञप्तिमा उल्लेख गरेकाे छ ।
विज्ञप्तिमा 'पूँजी बजार जस्तो संबेदनशील क्षेत्रमा उत्पन्न भएका समस्या समाधान र सुधारका लागि लगानीकर्ताले दिएको दबाबलाई सरकारले स्वीकार गरी सुधार गर्नुपर्नेमा उल्टै प्रहरी लगाएर दमन गर्ने, लगानीकर्तालाई धम्क्याउने तथा ब्यक्तिगत रुपमा लान्छना लगाउँने कार्य गर्नु हदैसम्मको निन्दनीय काम भएको' उल्लेख छ।
'नियमनकारी निकायले अध्ययन समितिको ५८ बुँदे सुझाव कार्यान्वयनमा आलटाल गरिरहेको भन्दै अर्थ मन्त्रालय समेत सोही षडयन्त्रमा संलग्न रहेको'दबाब समूहको आरोप छ । सरकार दमनमा उत्रिएको भन्दै परिस्थिती हेरेर घोषित आन्दोलनका कार्यक्रमलाई रणनीतिक रुपमा बदलिने समूहले जनाएको छ ।
नयाँ कार्यक्रम सम्पन्न भएपछि मात्र उद्घोष गर्ने नीति अख्तियार गर्ने समूहले जनाएको छ । आईतबार बिहान ८ बजे धितोपत्र बोर्डको कार्यालयमा समूहले गरेको तालाबन्दी प्रहरीले बल प्रयोग गरेर दिउँसो खोलेको थियो । प्रहरी धरपकडमा केही अान्दाेलनकारी सामान्य घाइते भएका थिए ।