अप्रिल ३ मा अमेरिका–चीन व्यापार वार्ता हुने

Mar 25, 2019 Agency

संयुक्त राज्य अमेरिकाले आगामी अप्रिल ३ गतेदेखि अमेरिकामा अमेरिका–चीन व्यापार वार्ता शुरू हुने ह्वाइट हाउसले जनाएको छ। ह्वाइट हाउसका प्रेस सेक्रेटरी साहा स्यान्डर्सले दिएको जानकारी अनुसार चीनका उप–प्रधानमन्त्री लिउ हेको नेतृत्वमा चिनियाँ टोली अर्को सातासम्म वासिङ्टन पुग्ने शनिबार ह्वाइट हाउस पुग्नेछन्।

व्यापार सम्बन्ध सुधार प्रयासका लागि अमेरिकी अमेरिकी अधिकारीको बेइजिङ भ्रमण पश्चात अमेरिका–चीन व्यापार विवादमा छलफलका लागि चीनका उप–प्रधानमन्त्री लिउको नेतृत्वमा चिनियाँ टोली अर्को सातासम्म वासिङ्टन पुग्ने शनिबार ह्वाइट हाउस स्रोतले जानकारी गराएको छ ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी साहा स्यान्डर्सले दिएको जानकारी अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटहाजर तथा ट्रिजरी सेक्रेटरी स्टेभेन मनुचिनको नेतृत्वमा अमेरिकी व्यापार प्रतिनिधि जेफ्रे गेरिसलगायत अन्य अमेरिकी उच्च अधिकारी यसै हप्ता छलफलका लागि बेइजिङ पठाउने कार्यक्रम तय भएको छ । उप–प्रधानमन्त्री लिउ र चिनियाँ अधिकारी अप्रिल ३ गते वासिङ्टनका अधिकारीसँग वार्ताका लागि पुग्ने स्यान्डर्सले जानकारी दिए ।

दुई शक्तिशाली अर्थतन्त्रबीचको विवाद गत बर्ष अमेरिकाले चीनमाथि केही आरोप लगाएपछि शुरू भएको हो । अमेरिकाले चीनद्वारा अमेरिकी प्रबिधि लगायत व्यापारसम्बन्धी गोपनियतालाई चोरी गरेको र प्रबिधिको क्षेत्रमा काम गर्ने अमेरिकी कम्पनी तथा फर्मलाई अनावश्यक दवावमा राख्ने गरेका दावी गर्दै अमेरिका आयात हुने चिनियाँ सामानमाथि दुई खर्ब ५० अर्ब डलर बराबरको चिनियाँ सामानमा करवृद्धि गरेको थियो ।

बदलामा चीनले आफ्नो देशमा जाने अमेरिकी सामानमा एक खर्ब १० अर्ब मूल्य बराबरको सामानमा करवृद्धि गरेको थियो ।

चीनको बाणिज्य मन्त्रालयले पनि अमेरिकी अधिकारी आगामी बिहीबार र शुक्रबार छलफल गर्ने गरी बेइजिङ आइपुग्ने यस अघि नै जानकारी गराइसकेको छ ।

यस पहिलेका वार्ताबाट व्यापार विवाद टुङ्ग्याउने बिषयमा निकै प्रगति भएको दुवै पक्षका उच्च अधिकारीले जनाउँदै आएका छन्।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।