बेरोजगारी समस्या अन्त्य गरिन्छ : मन्त्री पण्डित

Mar 25, 2019 RSS

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार मुलुकमा रहेको गरीबी र बेरोजगारी समस्या अन्त्यका लागि ध्यान केन्द्रित गरेको बताएका छन् ।

सिरहाको गोलबजार नगरपालिकाको आयोजनामा आइतबारदेखि शुरु भएको दोस्रो नगरस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले जनताको मुख्य दुश्मन गरीबी भएकोले सरकार गरीबी र बेरोजगारी समस्या अन्त्य गर्नेतर्फ केन्द्रित रहेको बताए।

स्थानीय, प्रदेश र सङ्घीय सरकारको विभिन्न योजना गाउँगाउँमा पुग्न थालेकाको उल्लेख गर्दै मन्त्री पण्डितले अबको चार वर्षमा विकास निर्माणले एउटा गति लिने विश्वास व्यक्त गरे।

प्रतियोगिताअन्तर्गत आइतबार भएको उद्घाटन खेलमा वीरगञ्ज युनाइटेड क्लब पर्साले डाँगी हाट फुटबल क्लब बेलवारीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिताको विजेताले नगद दुई लाख २२ हजार नगद र उपविजेताले नगद एक लाख ११ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसअघि आइतबारै मन्त्री पण्डितले गोलबजार नगरपालिका–३ लालपुरमा एकीकृत नमूना दलित बस्तीको उद्घाटनसमेत गरेका थिए । सङ्घीय सरकारको समृद्धि कार्यक्रमअन्तर्गतको रु एक करोड १० लाखको लागतमा उक्त वस्ती निर्माण हुने जनाइएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।